सप्तरीका एसपी र डिएसपीसहित थप १७ प्रहरीमा कोरोना संक्रमण

२५ भदौ ७७, शुक्रबार

२५ भदाै,सप्तरी ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सहित १७ जना प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कार्यालय प्रमुख ४४ वर्षीय प्रहरी उपरीक्षक, ४५ वर्षीय प्रहरी नायव उपरीक्षक सहित १७ प्रहरीलाई कोरोना सङ्क्रणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा उनीहरुकोे पिसिआर परीक्षण गरिएको बताइएको छ । अहिले उनीहरु होम आइसोलेशनमा बस्नुभएको जनाइएको छ । सप्तरीमा हालसम्म ५७ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

यसैगरी साढे तीन सय कैदीबन्दी रहेको जिल्ला कारागारमा रहेका ९ जना कैदीबन्दी र दुई प्रहरीमा आज कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमित कैदीबन्दीको सङ्ख्या १५ पुगेको छ ।

आज नै गरिएको परीक्षणमा गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत एक नर्स र १ स्वीपर समेत कोरोना सङक्रमित भएका छन् । उनीहरु ३३ र ३८ वर्षीया महिला हुन् ।

Advertisement

यसैगरी राजविराज नगरपालिका–३ का ७१ वर्षीय र ६ का २८ वर्षीय पुरुष समेत सङक्रमित भएका छन् । जिल्लामा सङ्क्रमितको सङ्ख्या १६६ महिलासहित ९९१ पुगेको छ ।

ती मध्ये एक महिलासहित ८ जनाको मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले जानकारी दिए । उनका अनुसार हालसम्म ६८२ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।रासस

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top