संवैधानिक नियुक्तिका विषयमा बिहीबार कांग्रेससँग छलफल हुने

संवैधानिक नियुक्तिका विषयमा बिहीबार कांग्रेससँग छलफल हुने

३१ भदाै, काठमाडौं ।
संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच बिहीबार छलफल हुने भएको छ।

बुधबार प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यस विषयमा छलफल भएको छ ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रचण्ड र ओलीको भेटवार्ताले बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको बैठक तय गरेको जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्त, निर्वाचन आयोगका केही आयुक्तसहित विभिन्न संवैधानिक आयोगमा नियुक्तिको विषयमा छलफल हुन लागेको हो। त्यस्तै केही विश्वविद्यालयमा उपकुलपति र पदाधिकारीको पदसमेत रिक्त छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.