नेकपाले पहिलो पटक पेरिसडाँडामा बोलायो सचिवालय बैठक

नेकपाले पहिलो पटक पेरिसडाँडामा बोलायो सचिवालय बैठक

३१ भदौ, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्ने भएको छ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा शुक्रबार ११ बजे पेरिस डाँडामा सचिवालय बैठक बस्ने तय भएको हो ।

यसअघि नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको थियो। नेकपा गठन हुनुभन्दा पहिला पेरिस डाँडामा पूर्वमाओवादीको पार्टी कार्यालय थियो। धुम्बाराहीमाभन्दा पेरिस डाँडामा बैठक बस्न सजिलो हुने भएकाले पेरिस डाँडामा बोलाइएको स्रोतले बतायो।

बैठकले पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्नेछ। पेरिसडाँडामा हुने छलफलमा मन्त्रिपरिषद् पुर्नगठनका विषयमासमेत छलफल हुने जनाइएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.