३१ भदौ, काठमाडौं ।
यातायात कार्यालयले बिहीबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण हुने भएको छ। लकडाउन सुरु भएदेखि स्थगन गरिएको लाइसेन्स वितरण प्रक्रिया बिहीबारदेखि सूचारु गर्न लागिएको हो ।

यातायात कार्यालयले सन् २०२० जुलाईसम्ममा ट्रायल पास भएर लाइसेन्सको रसिद काटेका सेवाग्राहीलाई बिहीबारदेखि लाइसेन्स वितरण सुरु गर्न लागेको ठूलोर्भयाङस्थित यातायात कार्यालयका सूचना अधिकारी उपेन्द्र साहले जानकारी दिए।

कार्यालयले सेवामा केही कटौती गरेको पनि जानकारी दिएको छ। कार्यालयले एक दिनमा १००–१०० सेवाग्राहीलाई स्मार्ट लाइसेन्स र लाइसेन्स नविकरणको सेवा दिँदै आएको छ। अहिलेको व्यवस्थालाई व्यवस्थित गर्न कार्यालयले दुई साता भित्रमा ई–टोकनको व्यवस्था पनि गर्न लागेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top