ओलीद्वारा मोदीलाई जन्मदिनको शुभकामना, मिलेर काम गर्ने प्रतिवद्धता

ओलीद्वारा मोदीलाई जन्मदिनको शुभकामना, मिलेर काम गर्ने प्रतिवद्धता

१ असोज, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना सन्देश दिएका छन् । उनले आफ्नो आधिकारिक ट्वीटर मार्फत सो सन्देश दिएका हुन् । उनले दुई देशबीचको सम्बन्धलाई थप मजबुद बनाउन निकट रहेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘तपाईंको जन्मदिनको शुभ अवसरमा हार्दिक बधाई । म तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु । हामी हाम्रा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम जारी राख्नेछौं ।’

मोदीको आज ७० औं जन्मदिन हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.