देउवा होम आइसोलेसनमा, नेकपासंग आज तय भएको छलफल स्थगित

देउवा होम आइसोलेसनमा, नेकपासंग आज तय भएको छलफल स्थगित

१ असोज, काठमाडौं ।
कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्रयाक ट्रेसिङमा परेका छन् ।

देउवाको नीजि सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम आइसोलेसनमा बसेका छन् । सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको भोलि स्वाब परिक्षण गरिने सहयोगि भानु देउवाले जानकारी दिए ।

देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित हुने भएको छ । देउवाको कोरोना परिक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.