स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

२० बैशाख ७५, शुक्रबार

मोरङ, बैशाख २१ः मोरङको रंगेली नगरपालिका-२ दौलतपुरमा विहीबार स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।

Advertisement

ज्यान गुमाउनेमा रंगेली नगरपालिका-३ दौलतपुर बस्ने बिनोद कार्कीको ३ बर्षिया छोरी सुजिका कार्की रहेकी छिन्।

बालिकालाई साँझ ५ बजेतिर दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको सदन ईङ्लीस बोर्डीङ स्कुल धनपालथानको क १ ख २७८१ नम्बरको स्कुल बसले ठक्कर दिएको थियो।

Advertisement

ठक्करबाट बालिकाको घट्नास्थलमानै मृत्यु भएको हो। ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top