४ असाेज,मोरङ।
मोरङकाे कटहरी गाउँपालिका-७ थलाहा बस्ने ४१ बर्षीया कलकतनी माझीको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउँसो पौने ३ बजे आफ्नै घरमा सरसफाई गरिरहेको अवस्थामा अचानक फेनको तारबाट विद्युत सर्ट भई कलकतनीलाई करेन्ट लाग्दा उनको मृत्यु भएको हाे ।
मृत्यु भएकाे जानकारी पाए पश्चात जिल्ला प्रहरी कार्यालय मोरङकाे प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।