सुपर ओभरमा रबाडा चम्कँदा दिल्लीले पञ्जाबलाई हरायो

५ असोज, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको छ ।

जितका लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले पुरै २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा दिल्लीका लागि कागीसो रबाडाले बलिङ गर्दा लोकेश राहुल र निकोलस पुरण ब्याटिङमा आएका थिए । राहुलले पहिलो बलमा २ रन जोडेपनि दोस्रो बलमा भने क्याचआउट हुन पुगे । त्यसपछि अर्को बलमा नै रबाडाले पुरणलाई बोल्ड गर्दै दिल्लीलाई बलियो स्थितिमा पुर्याए ।

Advertisement

जवाफमा दिल्लीले ऋषभ पन्त र श्रेयस ऐरलाई ब्याटिङमा पठाएको थियो । मोहमद शामीले पहिलो बल बाउन्सरमा डट राखेपनि दोस्रो बल भने वाइड फ्याँके । पन्तले दोस्रो बलमा २ रन जोड्दै दिल्लीलाई विजयी सुरुवात दिलाए ।

त्यसअघि १ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबलाई अन्तिम ६ बलमा १३ रन आवश्यक परेको थियो । मंयक अग्रवालले मार्कस स्टोइनिसलाई पहिलो बलमै छक्का प्रहार गर्दै सहज जितको आशा देखाए । दोस्रो बलमा दुई र तेस्रो बलमा चौका प्रहार गरेपनि नतिजा पञ्जाबको पक्षमा जाने देखिएको थियो ।

Advertisement

अन्तिम तीन बलमा पञ्जाबलाई एक रन मात्र चाहिएको थियो । तर स्टोइनिसले चौथो बल डट गराउँदा पाँचौ बलमा अग्रवाललाई शिम्रन हेटमायरबाट क्याच आउट गराए । स्टोइनिसको अन्तिम फुलटस बलमा क्रिस जोर्डन कागिसो रबाडाबाट क्याच आउट भएपछि खेल बराबरी हुँदै सुपर ओभरमा पुगेको थियो ।

ओपनर मंयक अग्रवालले उत्कृष्ट ब्याटिङ गर्दै ६० बलमा ७ चौका र ४ छक्का सहित ८९ रनमा क्याच आउट भए । १९ औं ओभरको पाँचौ बलमा श्रेयस ऐरले मंयक अग्रावालको क्याच बाउन्ड्री नजिकै छोडेका थिए ।

पाँचौ ओभरको तेस्रो बलमा मोहित शर्माले ओपनर तथा कप्तान लोकेश राहुललाई १९ बलमा २ चौका र १ छक्का सहित २१ रनमा बोल्ड आउट गरे । छैटौं ओभरको पहिलो बलमा रविचन्द्रन आश्विनले करुण नायरलाई १ रनमा पृथ्वी शाबाट क्याच आउट गराए । पाँचौं बलमा आश्विनले निकोलस पुरनलाई शून्यमा बोल्ड आउट गर्दै ३४–३ को अवस्थामा पुर्याए ।

सातौं ओभरको तेस्रो बलमा कागिसो रबाडाको बलमा ग्लेन म्याक्सवेल कप्तान श्रेयस ऐरबाट एक रनमा आउट भएपछि पञ्जाब संकटमा परेको थियो । दशौं ओभरको अन्तिम बलमा शरफराज खान १२ बलमा २ चौका सहित १२ रनमा क्याच आउट भए ।

१६ औं ओभरको तेस्रो बलमा कृष्णाप्पा गौथमलाई कागिसो रबाडाले विकेटपिकर ऋषभ पन्तबाट २० रनमा क्याच आउट गराए । उनले १४ बलमा १ चौका र छक्का प्रहार गरे । क्रिस जोर्डनले रनको योगदान दिए ।

रविचन्द्रन आश्विनले १ ओभरमा २ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिसले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । अक्षर पटेल र मोहित शर्माले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निधारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो । तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्दै मार्कस स्टोइनिसले २१ बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ५३ रनको योगदान दिए । १९ ओभरमा १२७–७ को अवस्थामा रहेको दिल्लीलाई स्टोइनिसले विश्फोटक ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक योगफलमा पुर्याएका थिए ।

क्रिस जोर्डनले अन्तिम ओभरमा ३० रन खर्चेका थिए । स्टोइनिसले अन्तिम ओभरमा क्रिस जोर्डनलाई पहिलो बलमा छक्का, दोस्रो, तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गरे । पाँचौ बलमा छक्का प्रहार गर्दै स्टोइनिसले २० बलमा अर्ध शतक पूरा गरेका थिए ।

दिल्लीको सुरुवात खराब रह्यो । दोस्रो ओभरको चौथो बलमा पृथ्वी शासँग तालमेल नमिल्दा शिखर धवन शून्यमा रन आउट हुन पुगे । मोहम्मद शामीको चौथो ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा शा क्रिस जोर्डनबाट ५ रनमा क्याच भए । शामीले यसै ओभरको अन्तिम बलमा हेटमायरलाई मंयक अग्रवालबाट ७ रनमा क्याच गराउँदै दिल्लीलाई १३–३ को कमजोर अवस्थामा पुर्याए ।

चौथो विकेटका लागि कप्तान श्रेयस ऐर र ऋषभ पन्तले ७३ रनको साझेदारी गर्दै संकटमा रहेको दिल्लीको इनिङ सम्हालेका थिए । तर १४ औं ओभरको अन्तिम बलमा डेब्यु खेल खेलेका युवा स्पिनर रबि बिश्रोईले ऋषभ पन्तलाई ३१ रनमा बोल्ड आउट गरे । पन्तले २९ बलमा ४ चौका प्रहार गरे ।

लगत्तै १५ औं ओभरको पहिलो बलमा मोहम्मद शामीले जोर्डनबाट ऐरलाई ३९ रनमा क्याच आउट गराउदै पञ्जाबलाई खेलमा हाबी गराए । ऐरले ३२ बलमा ३ छक्का प्रहार गरे । १७ औं ओभरको पहिलो बलमा शेल्डन कटरेलले अक्षर पटेललाई ६ रनमा कप्तान राहुलबाट क्याच गराउदै ९६–६ को कमजोर अवस्थामा पुर्याए ।

पञ्जाबका मोहम्मद शामीले उत्कृष्ट प्रर्दशन गर्दै ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । रबि बिश्रोईले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । शेल्डन कटरेलले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।

आईतबारको खेलमा सन्दीप प्लेइङ ११ भने परेका थिएनन् । अबको खेल दिल्लीले सेप्टेम्बर २५ मा चेन्नई सुपर किंग्ससँग खेल्ने छ भने पञ्जाबले सेप्टेम्बर २४ मा रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ ।

Advertisement

भर्खरको समाचार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

सम्बन्धित समाचार

Scroll to Top