भारतका केही राज्यमा आजदेखि स्कुल खुल्दै, कतिपय राज्य असहमत

५ असोज, एजेन्सी । भारतका केही राज्यमा आजदेखि स्कुल खुल्ने भएका छन् ।

आजदेखि मध्यप्रदेश, जम्मु काश्मीर, राजस्थान तथा हरियाणामा स्कुल खुल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यी राज्यमा कोरोना भाइरसलाई लिएर जारी गरेको निर्देशिकाको आधारमा स्कूल खोल्ने निर्णय गरिएको हो । कतिपय राज्यले भने अझै स्कुल खोल्नका लागि तयार नभएको बताएका छन् ।

उनीहरुले कोरोनाका जोखिमकाबीच बालबालिकालाई स्कुल पठाउन नहुने बताएका हुन् । बिहार राज्यमा स्कुल खोल्ने(नखोल्नेबारे भोलि मात्रै निर्णय हुने भएको छ । आजदेखि मध्येप्रदेशका धेरैजसो सरकारी तथा निजी स्कुल सञ्चालनमा आउने छन् । स्कुल सञ्चालनका लागि केही नियम भने लागू गरिएको छ ।

विद्यार्थी, शिक्षक तथा कर्मचारीले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, स्कुलमा स्यानिटाइजर उपलब्ध हुनुपर्ने, एक पटक विद्यार्थी स्कुल भित्र छिरेपछि छुट्टि भएपछि मात्रै बाहिर जान पाउने जस्ता नियम लागू हुने भएको छ । भारतमा कोरोनाका कारण ५४ लाख ८५ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । तीमध्ये ४३ लाख ९२ हजार ६ सय निको भएका छन् ।

कोरोनाबाट सङ्क्रमित देशको दोस्रो सूचीमा रहेको भारतमा अहिलेसम्म ८७ हजार ९ सय ९ जनाको ज्यान गएको वल्र्डाेमिटरले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top