बालबालिकाको कानको मुन्द्रा लुट्ने महिलासहित दुई जना पक्राउ

बालबालिकाको कानको मुन्द्रा लुट्ने महिलासहित दुई जना पक्राउ

७ आश्विन, काठमाडौं ।
काठमाडौं उपत्यकाभित्र बालबालिकाको कानमा लगाएको मुन्द्रा लुट्ने एक महिला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत बौद्धको टोलीले म्याग्दी घर भई हाल बालाजुमा डेरा गरी बस्ने ३२ वर्षीया संगीता क्षेत्री र काभ्रेपलाञ्चोकको रोसी नगरपालिका वडा नम्बर १२ घर भई हाल ललितपुर स्थित सौगलमा डेरा गरी बस्ने ३० वर्षीय मुरली विकलाई प्रहरीले पक्राउ गरेको हो।

बुधवार दिउँसो गोकर्णेश्वर नगरपालिका वडा नम्वर ८ माकलवारीबाट प्रहरीले नियन्त्रणमा लिएकी संगीता भने बच्चाको मुन्द्र लुट्ने महिला हुन् । अर्का मुरली भने लुटिएको सुनको मुन्द्रा सस्तो मूल्यमा किनेर बिक्री गर्ने मानिस भएको खुलेको छ। विकले ललितपुर कनिवहालमा दर्ता नगरेको सुन पसल संचालन गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको परिसरका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

संगिताले अहिलेसम्म २२ स्थान विभिन्न बालबालिकाको मुन्द्रा लुटे फरार भएको अनुसन्धानमा खुलेको छ। उनले बालबालिकालाई चकलेट तथा आइसक्रिम दिइ आमाको साथी हुँ भनी ललाई फकाई, प्रलोभनमा पारी, डरत्रास देखाई कानको मुन्द्रा लुटपाट गर्ने गरेको देखिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.