देशका अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन अनुरोध

७ असोज ७७, बिहीबार

८ असाेज, काठमाडाैँ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षासँगै बाढी-पहिरोबाट क्षति हुनसक्ने सम्भावित जोखिम जिल्लाका स्थानीय तह र प्रशासनलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

विभिन्न प्रविधिको माध्यामबाट सूचना पठाएर तथा फोनमार्फत नै सम्बन्धित सुरक्षा अधिकारी, स्थानीय प्रशासन र जनप्रतिनिधिलाई उच्च सावधानी अपनाउन र सर्बसाधारणलाई सूचित गराउन अनुरोध गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

Advertisement

उनका अनुसार अबको केही दिन मुलुकभर नै बर्षा हुने छ । केही स्थानमा भारी वर्षासमेत हुने र धेरै स्थानका नदी तथा खोलामा सतह बढ्ने छ । त्यसैले यो अबस्थामा बाढी पहिरोको घटना हुनसक्ने भएकाले सावधानी अपनाउन भनिएको हो । जल तथा मौसम विज्ञान विभाग र बाढी पुर्वानुमान महाशाखाका अनुसार वर्षाका कारण कन्काइ, बाग्मती, तिनाउ, बाणगङ्गा, पश्चिम राप्ती, बबईका केही साना सहायक नदीमा आकस्मिक बहाव आउने देखिएको छ ।

प्राप्त विवरण अनुसार इलाम झापा, मोरङ्, सुनसरी, धनकुटा, भोजपुर, गोरखा, लम्जुङ्, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ्, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, रोल्पा, रुकुम प्यूठान, दाङ जिल्ला उच्च जोखिम रहेको जनाइएको छ ।

सोही क्षेत्रमा उच्च सावधानी अपनाउन र अन्य क्षेत्रमा समेत सावधानी अपनाउन भनिएको प्राधिकरणले जनाएको छ । मौसम विज्ञान विभागका अनुसार अहिले मुलुकका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ ।

मङ्गलबारदेखि नै देशका सबै नदीमा बहाव बढ्दो रहेको र असोज ७–१० गते देशै भरका नदीमा बहाव उच्च हुने अनुमान गरिएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top