आईपीएल: मुम्बईको पहिलो जित, कोलकाता ४९ रनले पराजित

८ असोज, एजेन्सी ।
इन्डियन प्रियिमर लिग (आईपीएल) २०२० मा मुम्बई इन्डिन्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । बुधबार आबूधाबीमा भएको आईपीएलको पाँचौ खेलमा साविक विजेता मुम्बईले आफ्नो दोस्रो खेलमा पहिलो जित दर्ता गरेको हो ।

जितका लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४६ रन मात्र बनाउन सक्यो । कोलकाता कुनैपनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।

टे«न्ट बोल्टको तेस्रो ओभरको चौथो बलमा सुवमन गिल काइरान पोलार्डबाट ७ रनमा क्याच आउट भए । पाँचौ ओभरको पाँचौ बलमा जेम्स प्याटिन्सनले सुनिल नारायणलाई विकेटकिपर क्विन्टन डी ककबाट एक हातको उत्कृष्ट क्याच गराउँदै ९ रनमा पेभिलिएन फर्काए । ११ औं ओभरको पहिलो बलमा स्पिनर राहुल चहरले कप्तान दीनेश कात्र्तिकलाई ३० रनमा एललबिडब्लू आउट गरे । दीनेशले २३ बलमा ५ चौका प्रहार गरे ।

Advertisement

१२ औं ओभरको चौथो बलमा पोलार्डले हार्दिक पान्ड्याबाट नितेश राणालाई २४ रनमा क्याच आउट गराउँदा कोलकाता १००–५ को अवस्थामा पुगेको थियो । १६ औं ओभरको पहिलो बलमा जस्प्रित बुमराहले आन्द्रे रसेललाई ११ रनमा बोल्ड आउट गरेपछि कोलकाताको जित टाढिएका थियो । चौथो बलमा बुमराहले ओईन मोर्गनलाई डी ककबाट १६ रनमा क्याच आउट गराए । प्याट कमिन्सले १२ बलमा ४ छक्का र १ चौका सहित ३३ रन जोडेपनि जितको लागि पर्याप्त भएन ।

Advertisement

मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा १ मेडन सहित ३० रन खर्चेर २ विकेट लिए । जेम्श प्याटिसनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । राहुल चहरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । काइरन पोलार्डको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो । मुम्बईका कप्तान तथा ओपनर रोहित शर्माले सर्वाधिक ८० रनको योगदान दिए । रोहित युवा तीव्र गतिका बलर शिवम माभीको १८ औं ओभरको पाँचौ बलमा लो फुलटसबलाई ठूलो सट खेल्ने धुनमा लङअनमा प्याट कमिन्सको हातबाट क्याच आउट हुन पुगेपछि शतक सम्म पुग्न सकेनन् । रोहितले ५४ बलमा ३ चौका र ६ छक्का प्रहार गरे ।

मुम्बईका ओपनर क्विन्टन डी ककलाई माभीले दोस्रो ओभरको दोस्रो बलमा निखिल नाइकबाट एक रनमा क्याच आउट गराए । दोस्रो विकेटका लागि रोहित शर्मा र सूर्यकुमार यादवले ९० रनको साझेदारी गर्दै बलियो योगफलको आधार तय गरेका थिए । सूर्यकुमार ११ औं ओभरको पाँचौ बलमा ४७ रनमा रन आउट भए । उनले २८ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

तेस्रो विकेटका लागि सौरभ तिवारी र रोहितले ४९ रनको साझेदारी गरेका थिए । स्पिनर सुनिल नारायणको १६ औं ओभरको पहिलो बलमा ठूलो सट खेल्ने धुनमा तिवारी प्याट कमिन्सबाट लङअफमा २१ रनमा समातिन पुगे । उनले १३ बलमा समान १ चौका र छक्का प्रहार गरे । हार्दिक पान्ड्या १३ बलमा २ चौका र १ छक्का सहित १८ रनमा हिट विकेटका रुपमा आउट भए । आन्द्रे रसेलको १९ औं ओभरको तेस्रो बलमा पान्ड्याको ब्याटले स्टम्प लागेपछि फेभिलिएन फर्किनु परेको थियो । काइरन पोलार्ड १३ र क्रुनाल पान्ड्या १ रनमा अविजित रहे ।

कोलकाता स्पिनर सुनिल नारायणले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । तीव्र गतिका बलर प्याट कमिन्सले ३ ओभरमा ४९ रन खर्चिदा विकेट लिन सकेनन् । शिवम माभीले ४ ओभरमा १ मेडन सहित ३२ रन खर्चेर २ विकेट लिए । स्पिनर कुलदीप यादवले ४ ओभरमा ३९ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । आन्द्रे रसेलले २ ओभरमा १७ रन खर्चेर १ विकेट लिए ।

मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो । मुम्बईले तेस्रो खेलमा सोमबार बेंगलोरसँग खेल्ने छ भने कोलकाताले दोस्रो खेलमा शनिबार सनराइजर्स हैदराबादसँग खेल्ने छ ।

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top