८ असोज, एजेन्सी ।
भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोना संक्रमणका कारण निधन भएको भएको छ । ६५ वर्षका उनको बुधबार एम्समा निधन भएको हो।
गत ११ सेप्टेम्बरमा कोरोना पोजिटिभ रिपोर्ट आएपछि उनी एम्समा भर्ना भएका थिए। अंगडीले आफैंले ट्वीट गर्दै आफूमा संक्रमण भएको जानकारी दिएका थिए।
उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन्। उनले बुधबार ट्वीटरमार्फत भनेका छन्ः ‘सुरेश अंगडी भाजपाका एक प्रतिबद्ध कार्यकर्ता थिए । उनले कर्नाटकमा पार्टीलाई मजबुत बनाउन कडा मिहेनत गरेका थिए । उनी एक समर्पित सांसद मात्र थिएनन् एक प्रभावशाली मन्त्री समेत थिए । उनको निधनको खबर निकै दुःखदायी छ । यस दुःखको घडीमा म उनका परिवारप्रति समवेदना दिँदै उहाँहरुको साथमै रहेको जानकारी गराउन चाहान्छु । ओम शान्ति ।’
मन्त्री अंगडी कर्नाटकको बेलगाउँबाट १७ औं लोकसभामा निर्वाचिन भएका थिए । उनलाई प्रधानमन्त्री मोदीले रेल राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए ।