नेपालमा कोरोनामुक्त हुने संख्या ५० हजार नजिक

नेपालमा कोरोनामुक्त हुने संख्या ५० हजार नजिक

८ आश्विन, विराटनगर ।
नेपालमा कोरोनाभाइरस संक्रमण भएर निको हुनेको संख्या करीब ५० हजार पुगेको छ।

बुधबारसम्म ४९ हजार ९५४ जना संक्रमित निको भएका छन्। बुधबारै एक हजार ८९३ जना संक्रमणमुक्त भए। स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ। तीमध्ये ४३६ जनाको मृत्यु भएको छ।

अब उपचाररत संक्रमितको संख्या १७ हजार ४१४ छ। उपचार संक्रमितमध्ये आठ हजार २२८ जना संस्थागत ‘आइसोलेसन’मा छन्। नौ हजार १८६ जना ‘होम आइसोलेसन’ मा छन्। त्यस्तै २२० जना संक्रमितको आईसीयूमा र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.