जो बाइडेनसँग पराजित भएमा शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने मुडमा छैनन् ट्रम्प

७ असोज ७७, बिहीबार

८ आश्विन, एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने निर्वाचनमा पराजीत भएमा शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न अस्वीकार गरेका छन् ।

Advertisement

एक संवाददाताले सोधेको ‘यदि डेमोक्र्याट उम्मेदवार जो बिडेन निर्वाचनमा विजय भए तपाईं शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न प्रतिवद्ध हुनुहुन्छ?’ भन्ने प्रश्नमा उनले मतपत्रप्रतिको संशय देखाए । ‘मतपत्रमाथि मेरो गुनासो रहँदै आएको छ । मतपत्र एक विपद हो ।’ उनको जवाफ थियो ।

देशमा दंगाफसाद बढिरहेको दृष्टान्त रिपोर्टरले दिँदा ट्रम्पले भने, ‘मतपत्रबाट छुटकारा मिल्ने वित्तिकै त्यहाँ शान्ति हुने, कुनै सत्ता हस्तान्तरणको सवाल नआउने बरु एक निरन्तरता हुनेछ ।’ ट्रम्पले मतपत्रका बारेका चिन्ता हुलाकका माध्यमबाट गरिने मतदानप्रति उनको आशंका रहेको छ ।

Advertisement

यसरी मतदान गर्दा धाँधली हुने उनको तर्क रहँदै आएको छ । कोरोना भाइरसबाट मतदातालाई सुरक्षित राख्नका लागि धेरैजसो राज्यमा ‘मेल इन भोटिङ’ अर्थात् हुलाकबाट मतदान गराउने व्यवस्था गरिँदैछ । चारवर्ष अघि सन् २०१६ को निर्वाचनमा पनि उनले पराजय स्वीकार्ने कुरा ठाडै अस्वीकार गरेका थिए ।

३० लाख लोकप्रिय मतले प्रतिष्पर्धी डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टनभन्दा पछाडी परेर पनि उनलाई नै विजयी घोषणा गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top