×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोनासँगै बढ्यो महिला हिंसा

९ आश्विन २०७७

काठमाडौं : कोरोना महामारी बढेसँगै नेपालमा महिला हिंसाका घटनामा पनि वृद्धि भएको छ । महिला पुनस्र्थापना केन्द्रका अनुसार महिला तथा बालिकामाथि हुने हिंसाका स्वरूप पनि फेरिएका छन् । गत भदौ महिनामा मात्र केन्द्रले १ सय ६५ वटा लैंगिक विभेदमा आधारित हिंसा भएको खुलासा गरेको छ ।

केन्द्रले अभिलेखीकरण गरेको तथ्यांकलाई विश्लेषण गर्दा भदौ महिनामा ८९ वटा (५४ प्रतिशत) घरेलु हिंसाको तथ्यांक संकलन भएको छ । यसैगरी ४२ वटा (२५ प्रतिशत) बलात्कारको तथ्यांक संकलन भएको छ जसमध्ये ३२ वटा बलात्कार र १० वटा सामूहिक बलात्कारको घटना भएको पाइएको छ ।

Advertisement
Advertisement

त्यसैगरी १६ वटा (१० प्रतिशत) सामाजिक हिंसाको घटना, ६ वटा (४ प्रतिशत) हत्याको घटना, ४ वटा (२ प्रतिशत) यौन दुव्र्यवहारको घटना भएका छन् । यसैगरी ४ वटा (२ प्रतिशत) मानव बेचबिखनजस्तो जघन्य अपराधको घटना भएको छ भने २ वटा (१ प्रतिशत) हत्या प्रयास, १ वटा (१ प्रतिशत) आत्महत्याको घटना र १ जना किशोरीमाथि विद्युतीय माध्यम (फेसबुक)बाट नक्कली खाता खडा गरी मानसिक हिंसा भएकोे तथ्यांक संकलन भएको छ ।

Advertisement

त्यसैगरी, उमेरको आधारमा विश्लेषण गर्दा भदौ महिनामा सबैभन्दा धेरै ५८ जना (३५ प्रतिशत) १७ देखि २५ वर्ष उमेर समूहका बालिका, किशोरी र युवा महिला हिंसाको जोखिममा रहेको पाइएको छ । त्यस्तै, ४४ जना (२७ प्रतिशत) २६ देखि ३५ वर्ष उमेर समूहका महिला रहेका छन्, ३२ जना (१९ प्रतिशत) १६ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरी, २५ जना (१५ प्रतिशित) ३६ देखि ४५ वर्ष उमेर समूहका महिला, ४ जना (२ प्रतिशत) ४६ देखि ५५ वर्ष उमेर समूहका महिला र २ जना (१ प्रतिशत) ५६ वर्षभन्दा माथि उमेर समूहका प्रभावित रहेका छन् ।, यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top