×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नारायणीले बगायो ‘केटो’

९ आश्विन २०७७

९ असाेज, चितवन ।

नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको बच्चा (केटो) बगाएको छ । निकुञ्जको दूर्गम क्षेत्र मानिने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका र विनयीत्रिवणी गाउँपालिकाको सिमाना भेलौजीबाट नदीले केटोलाई बगाएको हो ।

Advertisement
Advertisement

निकुञ्जका सहायक सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान करिब तीन वर्षको केटोलाई नदीले बगाएको हो । “निकुञ्जको दूर्गम क्षेत्रबाट ( कोर एरिया) आज बिहान गैँडाकोट बच्चालाई बगाएको छ” उनले भने, “केटोलाई बगाएपछि हामीले उद्धार गर्न अथक प्रयास ग¥यौँ तर सफलता मिलेन सकेनौँ ।” नदीको बाढीले केटोलाई बगाएर भारत पु¥याएको उनले जानकारी दिए ।

केटोलाई भारत पुर्याएपछि वाल्मीकि टाइगर रिजर्वका पदाधिकारीसँग समन्वय गरेर केटोको खोजी कार्य जारी राखिएको उनको भनाइ छ । “अहिलेसम्म केटोको अवस्था जानकारी पाउन सकिएको छैन” उनले भने, “केटो भेटिएपछि खबर गर्न भनेका छौँ ।” यस आर्थिक वर्षमा यस अघि आएको बाढीले बगाउँदा एउटा गैँडाको बच्चा मृतावस्थामा फेला परेको थियो ।

Advertisement

विसं २०७४ सालको साउनमा आएको बाढीमा बगेर निकुञ्जका गैँडा त्रिवेणीदेखि दक्षिण पश्चिमको भारतीय क्षेत्र पुगेका थिए । निकुञ्जले यसरी बगेका र ज्यूँदै रहेका १३ वटा गैँडा उद्धार गरेर चितवन नै ल्याएको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top