×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

‘सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट समृद्धि’

२३ बैशाख २०७५

पोखरा, २३ वैशाख ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट मात्र समृद्धि र विकास सम्भव हुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश नं ४ समितिका नवनिर्वाचित पदाधिकारी एवं सदस्यको आज यहाँ आयोजित पदस्थापन समारोहमा उनले विकास, समृद्धि र स्थायित्वका लागि सबै मिलेर सहकार्य गर्न आवश्यक भएको बताए ।

राजनीतिक स्थिरताका लागि आफूहरूले गठबन्धन, साझा घोषणापत्र र उम्मेदवार तय गरेको बताउँदै उनले कम्युनिष्ट पार्टीबीचको एकता राष्ट्रको आवश्यकता भएको उल्लेख गरे ।

प्रेस स्वतन्त्रताका पक्षमा आफूहरू निरन्तर रुपमा सञ्चारकर्मीसँगै भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले नेपाल पत्रकार महासंघको सर्वसम्मत समावेशी प्रदेश समिति गठन गरिनु सकारात्मक भएको बताउँदै उनले आफ्नै प्रधानमन्त्रित्वकालमा लोककल्याणकारी विज्ञापनमा दोब्बर बनाइएको तथा वरिष्ठ पत्रकारलाई सम्मान र पुरस्कृत गर्ने प्रक्रियाको थालनी गरिएको जानकारी दिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संघात्मक अधिकार प्रदेशमा समितिलाई हस्तान्तरण गरिएको जानकारी दिँदै पत्रकार हकहित र नागरिक अधिकारका लागि महासंघले निरन्तर लडाइँ लडिरहने बताए।

प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जनताले अनुमोदन गरिसकेकाले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको पार्टी एकीकरण तत्काल गर्नाको विकल्प नरहेको बताए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका सभापति गंगाधर पराजुलीले नेपालको संविधान निर्माण भएर पनि नियम र कानून बन्न् नसक्दा स्वतन्त्र प्रेसको अधिकार कुण्ठित भएको बताए।

पत्रकार महासंघ प्रदेश नं ४ निर्वाचन आयोगका अध्यक्ष सुरेन्द्र थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस प्रदेश नं ४ विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, केन्द्रीय निर्वाचन समितिका बबिता बस्नेत, पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, महासंघ प्रदेश नं ४ का अध्यक्ष त्रिभुवन पौडेल, महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले मुलुकको विकास र समृद्धिका लागि पत्रकारिता क्षेत्रको महत्व भूमिका रहेको उल्लेख गरे। सो अवसरमा निर्विरोध निर्वाचित महासंघ प्रदेशका पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गरेका थिए ।

रासस

 

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top