×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026

आईपीएल : कोलकाताले हैदराबादलाई ७ विकेटले हरायाे

११ आश्विन २०७७

११ असोज, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)को आठौँ खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । जारी आईपीएलमा यो कोलकाताको पहिलो जित हो । हैदराबादको लगातार दोस्रो हार हो ।

शनिबार राती आबूधाबीमा भएको खेलमा जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले तीन विकेटको क्षतिमा १८ ओभरमा पुरा गर्यो । कोलकाताको जितमा युवा ब्याट्सम्यान तथा ओपनर सुवमन गिल ६२ बलमा ५ चौका र २ छक्का सहित ७० रनमा अविजित रहे । ओईन मोर्गन २९ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा अविजित रहे ।

Advertisement
Advertisement

गिल र मोर्गनले ९२ रनको अविजित साझेदारी गर्दै सहज जित दिलाएका हुन् । सुनिल नारायण र दिनेश कात्र्तिक दुबै शून्यमा आउट भए । नितेश राणा २६ रनमा आउट भए । हैदराबादका टि नटराजन, राशिद खान र खलिल अहमदले एक एक विकेट लिए ।

 

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । हैदराबादका मनिष पान्डेले अर्ध शतकीय इनिङ खेल्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।

हैदराबादलाई ओपनर जोनी बेयरस्टो र डेभिड वार्नरले ४ ओभरमा २४ रनको साझेदारी गरेका थिए । चौथो ओभरको अन्तिम बलमा प्याट कमिन्सले बेयरस्टोलाई ५ रनमा बोल्ड आउट गरे । त्यसभन्दा अघिल्लो बलमा रिभ्यु लिदै बचेका बेयरस्टो कमिन्सको अफकटर बलमा बोल्ड आउट हुन पुगेका थिए ।

दशौं ओभरको पहिलो बलमा बरुण चक्रबर्तीले कप्तान तथा डेभिड वार्नरलाई ३६ रनमा कट एण्ड बोल्ड आउट गरे । वार्नरले ३० बलमा २ चौका र १ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि वार्नर र मनिस पान्डेले ३५ रनको साझेदारी गरेका थिए ।

आन्द्रे रसेलको १८ औं ओभरको चौथो बलमा फुलटस बलमा मनिष पान्डे ५१ रनमा क्याच आउट भएका थिए । रसेललेनै सहज क्याच लिनुअघि पान्डेले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

अन्तिम ओभरको दोस्रो बलमा दुई रन लिने क्रममा रिद्धिमान शाह ३१ बलमा १ चौका र १ छक्का सहित ३० रनमा रन आउट भए । मोहम्मद नाबी ८ बलमा २ चौका सहित ११ र अभिषेक शर्मा २ रनमा अविजित रहे ।

प्याट कमिन्सले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । बरुण चक्रबर्तीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । आन्द्रे रसेलले २ ओभरमा १६ रन खर्चेर एक विकेट लिए ।

Advertisement

पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बेंगालोरसँग १० रनले पराजित भएको थियो भने कोलकाता मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो । हैदराबादले तेस्रो खेल दिल्ली क्यापिटल्ससँग २९ सेप्टेम्बरमा खेल्ने छ भने कोलकाताले ३० सेप्टेम्बरमा राजस्थान रोयल्सँग खेल्ने छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top