×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

अनशन बसेको ९ वर्ष भयो : सहमति हुन्छ, कार्यान्वयन हुँदैन

१२ आश्विन २०७७

काठमाडौँ: प्राध्यापक डा. गोविन्द केसी ९ वर्षदेखि स्वास्थ्यमा सर्वसाधारणको पहुँच, चिकित्सा क्षेत्र सुधार माग लिएर पटकपटक गरी दुई सय ४० दिन अनशन बसिसके । अनशनैपिच्छे उनले आफ्नो माग फेर्छन् भन्ने आरोप पनि लाग्ने गरेको छ ।

तर चिकित्सा शिक्षा र स्वास्थ्यको सुधारको माग गर्दै पछिल्लो पटक १४ औं दिनदेखि अनशनरत डा. केसीको २०६९ असारको पहिलो अनशनदेखिको माग छ– त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता र मापदण्डका आधारमा पदाधिकारी नियुक्ति ।

विश्वविद्यालय, तिनका मातहतका निकाय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल काउन्सिलमा निष्पक्ष र पारदर्शी ढंगले मापदण्ड अपनाएर पदाधिकारी नियुक्ति हुनुपर्ने माग सधैंजसो दोहोरिँदै आएको छ । सहमति गरे पनि कुनै पनि सरकारले उक्त माग पूरा गरेको छैन । उनको तेस्रो अनशन (२०७०) का क्रममा आईओएममा वरिष्ठताका आधारमा डिनलगायत पदाधिकारी नियुक्ति गर्ने सहमति सरकारसँग भएको थियो । जारी १९ औं अनशनमा पनि उनले आईओएममा वरिष्ठता मिचेर गरिएको नियुक्ति सच्याउनुपर्ने माग राखेका छन् ।

त्रिविले आईओएमको डिनमा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक दिव्यासिंह शाहलाई असार ३ मा नियुक्ति दियो । त्यतिबेलै डा. केसीले पद्धति मिचेर गरिएको नियुक्ति सच्याउन विज्ञप्तिमार्फत आग्रह गरेका थिए । भदौ २३ मा डिन शाहकै सिफारिसमा शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा नेकपा निकट डा.दिनेश काफ्ले नियुक्त गरिए । डा. शाह ३३ औं वरीयताक्रममा थिइन्, डा. काफ्ले उनीभन्दा पनि पछाडि छन् । ‘डा. केसीको अनशनले नै आईओएममा वरिष्ठताका आधारमा पदाधिकारी नियुक्त गर्ने पद्धति सुरु भएको थियो,’ आईओएममा एक प्राध्यापकले भने, ‘अहिले फेरि सत्ता र शक्तिसँग नजिक हुनेले नियुक्ति पाउन थालेका छन् ।’

असारमा डा. शाह नियुक्त हुँदा सत्तारूढ नेकपानिकट प्राध्यापक, विद्यार्थीले नै विरोध गरेका थिए । डा. काफ्लेलाई नियुक्ति गर्ने अनौपचारिक सहमति भएपछि सत्तारूढ दलभित्रको असन्तुष्टि मत्थर भयो । डा. काफ्ले पूर्वएमाले खेमाका आईओएमभित्र प्रभावशाली मानिन्छन् । आईएओएमका पूर्वडिन जगदीशप्रसाद अग्रवाल दबाब आए पनि पदाधिकारीले अडान लिन सक्नुपर्ने बताउँछन् । ‘मेरो पालामा पनि सहायक डिन, निर्देशक नियुक्ति गर्न कम्ती दबाब थिएन,’ उनले भने, ‘मैनियुक्तिमै ढिलाइ गरेर भए पनि वरिष्ठताको मापदण्ड भत्कन दिइनँ ।’

डा. केसीले २०७६ असोजमा आईओएमबाट अनिवार्य अवकाश पाए । त्यसपछि उनकै सक्रियतामा बसालिएको पदाधिकारी नियुक्तिको पद्धति भत्कन थाल्यो । केसीकै पहिलो अनशनका कारण २०६९ मा डा. कुमुदकुमार काफ्ले वरिष्ठताका आधारमा आईओएमको डिनमा नियुक्ति पाएका थिए । वरीयताक्रम मिचेर डिन नियुक्त भएको भनी डा. केसीले नै विरोध गरेपछि हालका उपकुलपति डा. बाँस्कोटाले त्यतिबेला राजीनामा दिएका थिए । राजनीतिक पहुँचका आधारमा नियुक्ति गर्न नहुने र वरिष्ठतालाई आधार बनाउनुपर्ने भनी डा. केसीले गरेको पटकपटकको आन्दोलनमा सघाउनेमध्ये डा. शाह पनि थिइन् ।

सम्बन्धनमा दबाबका कारण तत्कालीन डिन डा. प्रकाश सायमीले २०७० मा राजीनामा दिएदेखि नै हरेक पटकको आईओएम डिन नियुक्ति विवादमा पर्दै आएको छ । आईओएममा डा. कुमुदकुमार काफ्ले, डा. प्रकाश सायमी, निमित्तमा डा. विमलकुमार सिन्हा, डा. राकेश श्रीवास्तव र डा. अग्रवाल वरिष्ठताका आधारमा डिन नियुक्त भएका थिए । अग्रवालको अवकाशलगत्तै डा. शाह नियुक्त भएकी हुन् ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top