नोबेलमा सुरु भयो मुलुककै सस्तो शुल्कमा पीसीआर परीक्षण

११ असोज ७७, सोमबार

१२ असोज, बिराटनगर ।
बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले सोमबारबाट पीसीआर परीक्षण सुरु गरेको छ । प्रदेशका ल्याबहरुमा स्वाबको चाप बढेर परीक्षणको रिपोर्ट आउँन ढिलाई भईरहेका बेला नोबेलले सर्वसुलभ मूल्यमा पीसीआर परीक्षण सुरु गरेको हो ।

Advertisement

नोबेलले एक महिना अघि नै पीसीआर ल्याब तयार गरेर परीक्षणको सम्पूर्ण तयारी पूरा गरेको भएपनि सरकारी स्तरबाट एक महिना ढिलाई गरी आईतबार परीक्षणको अनुमति प्राप्त भएपछि सोमबार बाट परीक्षण सुरु गरेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षणको अनुमति आएसँगै पीसीआर परीक्षण थालिएको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । कोरोना परीक्षणका लागि नोबेलले दुई वटा अत्याधुनिक अमेरिकन पीसीआर मेसिन ल्याएको छ । सुरक्षित तवरले परीक्षणका लागि नोबेलले बेग्लै ल्याब निर्माण गरेर पीसीआर परीक्षण थालेको हो ।

Advertisement

दुई वटा पीसीआर मेसिन भएकाले एक दिनमा दुई हजार स्वाब परीक्षण गर्न सकिने नोबेलका बरिष्ठ ल्याब अधिकृत गणेशकुमार सिंहले बताए ।उनका अनुसार ४ देखि ६ घण्टा भित्रै रिपोर्ट दिईनेछ । यता, नोबेलले पीसीआर परीक्षण शुल्क १ हजार ५ सय ५० रुपैयाँ तोकेको छ । यो मूलुककै सबैभन्दा सस्तो पीसीआर परीक्षण शुल्क हो ।

आइतबार देखि विराटनगरको अर्काे निजी अस्पताल न्यूरोले पनि परीक्षण सुरु गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top