विद्यार्थीको स्वास्थ्यमाथि खेलबाड नगर्न भन्दै विद्यार्थीको महानगरमा धर्ना

१२ असोज, विराटनगर । सरकारले लकडाउन खोलेपनि हरेक दिन कोरोनाको संक्रमण बढिरहेको बेला विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा तालिका सार्वजनिक गरेपछि विद्यार्थी आन्दोलित बनेका छन् ।

विराटनगरमा कोरोना संक्रमण दैनिक बढिरहेको बेला परीक्षा लिएर विद्यार्थीको स्वास्थ्यमाथि खेलबाड नगर्न महानगरको ध्यानाकर्षण गराएका छन् । कक्षा ११ मा अध्ययनरत विराटनगरका विभिन्न विद्यालयका विद्यार्थीहरुले सोमबार विराटनगर महानगरपालिका कार्यालय अगााडि धर्ना दिएका हुन् ।

बढ्दो महामारी संक्रमणका बेला हट्सपट जिल्ला घोषित मोरङमा भौतिक रुपमा कलेजमा विद्यार्थीलाई उपस्थित गराइ सञ्चालन गराइने परीक्षा आफूहरुलाई अमान्य रहेको भन्दै उनीहरुले सोमबार महानगरपालिकालाई स्मण पत्र समेत बुझाएका छन् ।

यसअघि शिक्षा मन्त्रालयको निर्देशनमा एसईई परीक्षा समेत सञ्चालन नगरी विभिन्न मापदण्डका आधारमा लब्द्यांक पत्र उपलब्ध गराइएको र कक्षा ११ को परीक्षासमेत सोही तबरबाट रद्द गरी विराटनगरबाहेक अन्य स्थानका कलेजका विद्यार्थीको लब्द्यांक उपलब्ध गराइसकेको उनीहरुले बताएका छन् । तर विराटनगरमा भने जोखिमयुक्त अवस्थाका बीच परीक्षा भौतिक रुपमा उपस्थित गराई सञ्चालन गर्ने बताइएको भन्दै उक्त निर्णय कानुन सम्वत नभएको भन्दै विद्यार्थीहरु आक्रोशित भएका छन् ।

विराटनगरदेखि बाहिर सप्तरी सिराह, धनकुटा, इलाम पाँचथर लगायतका जिल्लाबाट विद्यार्थीहरु यहाँ पढ्न आउने गरेकोमा महामारीका बेला लकडाउन अघि घर फर्किएकाहरु अहिलेसम्म नआइपुगेको र आएपनि भाडामा बस्नेहरुलाई बासको चिन्ताले जोखिम मोलेर नआएका कारण विना कुनै प्रबन्ध परीक्षा लिने निर्णय आफूहरुलाई मान्य नभएको उनीहरुले बताएका छन् ।

परीक्षा दिन आफूलाई कुनै आपत्ति नभएको तर भौतिक रुपमा उपस्थित गराई सञ्चालन गराइने कुरा आफूहरुलाई मान्य नरहेको भन्दै उनीहरुले महानगरलाई परीक्षा अनलाईन मार्फत लिन सुझाएका छन् ।

अनलाइन मार्फत परीक्षा नलिई भौतिक रुपमा आफूहरुलाई परीक्षामा सामेल गराए आफूहरुको स्वास्थ्यको जिम्मा महानगरपालिकाले नै लिनु पर्ने चेतावनी उनीहरुले दिएका छन् ।

विहान साढे १० बजेदिखि दिउँसो १ बजेसम्म धर्नामा बसेका विद्यार्थीहरुले ज्यान भन्दा परीक्षा ठूलो हो र ?, कोरोनामा परीक्षा भनेको आत्महत्या सरह हो ? लगायतका नारा लेखिएका पोस्टर बोकेर धर्ना दिएका थिए । विराटनगरभित्रका २७ वटा विद्यालयमा असोज २५ गतेबाट कार्तिक ३ गतेसम्म परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेको छ । त्यही अनुसार महानगरभित्रका विद्यालयमा परीक्षा सञ्चालनको तयारी भएको हो ।

 

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top