×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आईपीएल : सुपर ओभरमा बेंगलोरको जित

१३ आश्विन २०७७

१३ असोज, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बईले ७ रन मात्र बनाउन सक्यो । नवदीप सैनीको सुरुवाती दुई बलमा काइरन पोलार्ड र हार्दिक पान्ड्याले १–१ रन लिए । तेस्रो बलमा पोलार्डले डट खाए । चौथो बलमा पोलार्डले चौका प्रहार गरेपनि पाँचौ बलमा भने उनी क्याचआउट हुन पुगे । अन्तिम बलमा हार्दिकले १ रन लिए ।

Advertisement
Advertisement

जवाफमा मुम्बईका जसप्रित बुमराहविरुद्ध व्याटिङमा बेंगलोरका कप्तान विराट कोहली र एबी डी भिलियर्स ब्याटिङमा आएका थिए ।

पहिलो बलमा एबीले एक रन जोडे । दोस्रो बलमा कोहलीले पनि सिंगल लिए । तेस्रो बलमा बुमराहले कट बिहाइन्डको लागि अपिल गरेपछि अम्पायरले आउट दिए । तर दि भिलियर्सले रिभ्यु गर्दै निर्णय उल्टाएका थिए ।

चौथो बलमा डी भिलियर्सले चौका प्रहार गर्दै बेंगलोरलाई जितनजिक पुर्याए । पाँचौ बलमा सिंगल लिएपछि कोहली अन्तिम बलमा १ रन आवश्यक परेको अवस्थामा स्ट्राइकमा आए । अन्तिम बलमा कोहलीले चौका प्रहार गर्दै बेंगलोरलाई जित दिलाए ।

आईतबार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा जितका लागि २ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
अन्तिम ओभरमा मुम्बईलाई जितको लागि १९ रन आवश्यक परेको थियो । इसुरु उडानले अन्तिम ओभरमा पहिलो र दोस्रो बलमा एक एक रन दिए ।

 

तेस्रो बलमा इशान किशनले छक्का प्रहार गरेपछि खेल थप रोचक बनेको थियो । चौथो बलमा पनि उत्कृष्ट छक्का प्रहार गरेपछि नतिजा मुम्बजिततर्फ बढेको थियो । तर पाँचौ बलमा ईशान किशान ९९ रनमा देवदत्त पाडिक्कलबाट क्याच आउट भएपछि खेल थप रोचक बन्न पुग्यो । अन्तिम बलमा पोलार्डले चौका प्रहार गर्दै खेल बराबरीमा पुर्याए ।

मुम्बईलाई जितको लागि अन्तिम ३० बलमा ९० रन आवश्यक रहेको थियो । १७ औं ओभरमा तीन छक्का र एक चौका सहित स्पिनर एडम जाम्पाले २७ रन खर्चेपछि मुम्बई खेलमा फर्केको थियो । १८ औं ओभरमा युजभेन्द्र चहलले तीन छक्का सहित कुल २२ रन खर्चेपछि जितको लागि अन्तिम १२ बलमा ३१ रन आवश्यक परेको थियो । १९ औं ओभरमा नवदीप सैनीले १२ रन खर्चेका थिए ।

किशनले ५८ बलमा २ चौका र ९ छक्का सहित ९९ रनमा क्याच आउट भए । काइरन पोलार्ड २४ बलमा ३ चौका र ५ छक्का सहित ६० रनमा अविजित रहे । पाँचौ विकेटका लागि किशन र काइरन पोलार्डले १ सय १९ रनको साझेदारी गरेका थिए ।

मुम्बईले सुरुवात खराब गरेको थियो । दोस्रो ओभरको चौथो बलमा रोहित शर्मा ८ रनमा क्याच आउट भए । रोहितलाई स्पिनर वासिन्टन सुन्दरले वैकल्पिक फिल्डिर पवन नेगीबाट क्याच आउट गराएका थिए । तेस्रो ओभरको दोस्रो बलमा सूर्यकुमार यादवलाई इसुरु उडानाले विकेटकिपर एबी डी भिलियर्सबाट क्याच गराए ।

स्पिनर युजभेन्द्र चहलले सातौं ओभरको चौथो बलमा क्विन्टन डी ककलाई १४ रनमा नेगी क्याच आउट गराउँदै दबाब बढाए । १२ औं ओभरको दोस्रो बलमा हार्दिक पान्ड्या १५ रनमा आउट भएपछि मुम्बई ७८–४ को कमजोर अवस्थामा पुगेको थियो । पान्ड्यालाई एडम जाम्पाले नेगीबाटै क्याच आउट गराएका थिए ।

एडम जाम्पाले ४ ओभरमा ५३ रन खर्चेर १ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा ४८ रन खर्चेर १ विकेट लिए । वासिन्टन सुन्दरले ४ ओभरमा मात्र १२ रन खर्चेर १ विकेट लिए । इसुरु उडानाले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । एबी डी भिलियर्स २४ बलमा ४ चौका र ४ छक्का सहित ५५ रनमा अविजित रहेका थिए । शिवम दुबे १० बलमा १ चौका र ३ छक्का सहित २७ रनमा अविजित रहे ।

बेंगलोरलाई ओपनर आरोन फिन्च र देवदत्त पाडिक्कलले ९ ओभर सम्म ८१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । ट्रेन्ट बोल्टको नवौं ओभरको अन्तिम बलमा फिन्च काइरन पोलार्डबाट ५२ रनमा क्याच आउट भए । फिन्चले ३५ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।


कप्तान विराट कोहली तेस्रो खेलमा पनि असफल भए । कोहलीलाई स्पिनर राहुल चहरले १३ औ ओभरको दोस्रो बलमा रोहित शर्माबाट ३ रनमा क्याच आउट गराए । १८ औं ओभरको पहिलो बलमा बोल्टले पोलार्डबाट क्याच गराउँदै पाडिक्कललाई ५४ रनमा पेभिलिएन फर्काए । पाडिक्कलले ४० बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

ट्रेन्ट बोल्टले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । स्पिनर राहुल चहरले ४ ओभरमा ३१ रन खर्चेर एक विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा ४२ रन खर्चेपनि विकेट लिन सकेनन् ।

Advertisement

मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको थियो । मुम्बईले अब चौथो खेलमा बिहिबार किंग्स इलेभेन पञ्जाबसँग खेल्ने छ ।
पहिलो खेलमा बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको थियो । दोस्रो खेलमा किंग्स इलेभेन पञ्जाबसँग ९७ रनको फराकिलो हार बेहोरेको थियो । चौथो खेलमा बेंगलोरले शनिवार राजस्थान रोयल्ससँग खेल्ने छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top