कविता : मरुभूमिको मजदुर

१२ असोज ७७, मंगलबार

रगडिए यी पाइलाहरू,
बालुवाको रातो रेतहरूले ।
रातको निद हराई दियो
प्रचण्ड गर्मीको रापले ।

Advertisement

यसो बिहानीको उज्यालोमा,
आँखा झिमकाउँ भनेको।
मोबाइलको घन्टी बजी सको,
डिउटीमा जान संकेत गरेको।

हिजोको बासी भात ,
हातमा झुण्डाएर दौडियो।
फेरि उही बालुवामा
दैनिकी सुरु गरियो।

Advertisement

आकाश छ खुल्ला,
धर्ती जली रहेको।
म त्यही आकाश मुनि
परदेशमा श्रम बेचेको।

सूर्यमा माया हो त ,
ताप कम्ती आऊने थियो।
बालुवामा माया हो त,
कम तात्ने थियो।

Advertisement

म परे अभागी ,
कसले देख्ने दुःख ।
बालुवामा मरोस भनि,
सरकारले गरेको छ सम्झौता।

लेखकः नारायण कोइराला
तानसेन, पाल्पा
हाल, यूएई

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top