×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

फोहोर सदुपयोग गर्दै महिला बने उद्यमी

१३ आश्विन २०७७

१३ असोज, काठमाडौँ ।
हामीमध्ये धेरैले प्रयोग भइसकेका कागज, कार्टुनहरुलाई फोहोरका रुपमा डष्टविनमा फाल्छौं होला ! त्यसले फोहोरको मात्रा त बढाउँछ नै, उचित व्यवस्थापन गर्न नसक्दा वरिपरिको सुन्दरता नै मेटिदिन्छ र वातावरण प्रदुषण गर्छ । तर यिनै फालिने कागजजन्य वस्तुबाट अण्डाको क्यारेट बनाएर स्याङ्जाका महिला उद्यमीले राम्रो आम्दानी गर्न थालेका छन् ।

खेर जाने कागजको सदुपयोग गर्दै स्याङ्जाको पुतलीबजार नगरपालिकामा महिलाहरु राम्रो आम्दानी गरिरहेका छन् । नगरपालिकाको वडा नम्बर ३ मा क्वालिटी प्याकेजिङ प्रा.लि.नामको कम्पनी स्थापना गरेर महिलाहरु फालिने कागज, कार्टुनलाई कच्चा पदार्थको रुपमा प्रयोग गरी क्यारेट उत्पादन गरिरहेका छन् । स्थानीय ३ जना महिलाहरुले झण्डै डेढ करोडको लगानीमा क्यारेट उद्योग संचालनमा ल्याएका हुन् ।

Advertisement
Advertisement

जिल्लामा कुखुरा पालन गर्ने फर्महरु बढेसँगै क्यारेटको माग बढेकाले उद्योग संचालनमा ल्याएको कम्पनीका प्रवन्ध निर्देशक लेखनाथ शर्माले बताए । उद्योगले अहिले प्रतिदिन १० हजार क्यारेट उत्पादन गरिहरहे कम्पनीले उत्पादित क्यारेट स्याङ्जाका पोल्ट्री फार्मसँगै, पोखरा, वाग्लुङ, लम्जुङसम्म विक्रि हुने गरेको छ । ग्रामिण क्षेत्रमा उद्योग सञ्चालन गर्दा सरकारी क्षेत्रबाट कुनै सहयोग नभएपछि कच्चा पदार्थ ढुवानीका लागि सडक र उद्योग सञ्चालनका लागि विद्युत आपूर्तिको व्यवस्था समेत आफैले गर्नुपरेको उनले बताए ।

कागज, किताव, कापी, पत्रिका, कार्टुन लगायत कागजी सामाग्रीलाई प्रशोधन गरी क्यारेट बनाइन्छ । पानी र कागजलाई मिलाएर मेशिनमा राखेपछि मेशिनले क्यारेट तयार पार्दछ र करिब ५ घण्टा घाममा सुकाएपछि क्यारेट तयार हुन्छ । कम्पनीले फालिने कागजहरु घरघर मै गएर किन्ने गरेको छ । प्रयोगमा आएका कागजजन्य बस्तुहरु फाल्न फोहोरको ट्याक्टर कुर्नेहरु अहिले त्यही कागज विक्रि गर्ने गरिएको स्थानीय व्यवसायीहरु बताउँछन् ।

कम्पनीले कागजको गुणस्तर हेरी प्रतिकिलो १५ देखि २५ रुपैंयासम्म खरिद गरिरहेको छ । फालिने कागजबाट क्यारेट उत्पादन गर्ने उदाहरणीय काम गरेका महिला उद्यमीहरुले कोरोना कालमा पनि ११ महिला सहित १७ जनालाई नियमित रोजगारी उपलब्ध गराइरहेका छन् ।

 

Advertisement

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Smart-License-Nepal

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top