नर्सरी कक्षाका २५ विद्यार्थीलाई विष खुवाएको आरोपमा शिक्षिकाले पाइन् मृत्युदण्ड

१३ असोज ७७, मंगलबार

१३ आश्विन, एजेन्सी ।
चीनमा नर्सरी कक्षामा पढ्ने २५ विद्यार्थीलाई विष खुवाएको आरोपमा एक शिक्षिकालाई मृत्युदण्डको सजाय दिइएको छ।

Advertisement

गतवर्ष विष खुवाइएका २५ मध्ये एक विद्यार्थीको मृत्यु भएको थियो। शिक्षिका वाङ युन लाई गतवर्ष नै प्रहरीले पक्राउ गरेको थियो। अदालतका अनुसार वाङले जिआओजाओ शहरको किन्डरगार्डेनमा विद्यार्थीहरुलाई बिहानको खाजामा सोडियम नाइट्रेड मिसाएर दिएका थिए।

सँगै कामगर्ने सहकर्मीसँग मनमुटाब भएपछि वाङले बदला लिन ती सहकर्मीका विद्यार्थीको खाजामा विष हालिदिएको बताइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top