आजका प्रमुख खबरहरुः
१.(कहिले रोकिने होला ?)
अहिलेसम्म नेपालमा कोरोनाबाट ४ सय ९१ जना संक्रमितको मृत्यु/आज थप १ हजार ५ सय १३ गरी संक्रमित हुनेहरुको संख्या ७६ हजार २ सय ५८ पृग्यो /५५ हजार ३ सय ७१ जना डिस्चार्ज ।
२.(को इन,को आउट ?)
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि भेटवार्ता/मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएपनि आआफ्नै अडानका कारण दुवै अध्यक्षबीच सहमति जुट्न सकेन ।
३.(खेदजनक घटना)
बझाङमा बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना कामीको शव परिवारले अझै बुझेनन् /घटना भएको ६ दिन भइसक्दा पनि अपराधीलाई कानुनी दायरामा ल्याउने विषयमा प्रहरीबाट चित्तबुझ्दो जवाफ नआएपछि शव उठेन/घटनाबारे सांसदहरुद्वारा सभामुखको ध्यानाकर्षण ।
४.(गैर न्यायिक हत्या ?)
धनुषाका शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाको अध्ययन गर्न संघीय सांसदको टोली जनकपुरमा /इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा मृत्यु भएका विजय राम र रौतहटमै हत्या भएका निरञ्जन रामको घटनाको पनि अध्ययन गरिने ।
५.(हरेक दिन निर्देशन)
विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग गरी उद्धार गर्न र उडान संख्या थप गर्न संसदीय समितिको निर्देशन/दुई पक्षीय सम्झौता नभएसम्म घरेलु श्रमिक नपठाउन आग्रह ।
६.(सांसद्हरुको सुझाव)
दशैं तिहार नजिकिँदै गर्दा उपभोग्य वस्तुको मुल्यबृद्धि गरेर कालोबजारी भइरहेकाले नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने सांसदहरुको भनाई /मुल्यबृद्धि गर्नेलाई कडा कारवाही र सार्वजनिक समेत गर्नुपर्ने उल्लेख ।
७.(मदिरालाई अनुमति)
वर्षको ६ पटकसम्म तोकिएको मात्रामा घरेलु मदिरा उत्पादन गर्न दिन सर्वोच्च अदालतको आदेश /चाडबाड, रीतिरिवाज र संस्कृति’का लागि मात्रै भन्दै एकपटकमा पाँच लिटर मदिरा र १० लिटर जाँड घरेलु रूपमा उत्पादन गर्न दिन आग्रह ।
८.(नक्सासहितको पुस्तक)
लिम्पियाधुरा, कालापानी, लिपुलेक समावेश गरेको संशोधित नक्सा उल्लेख गरिएको पुस्तक विद्यार्थीलाई उपलब्ध गराउन नेपाल विद्यार्थी संघको माग / केही त्रुटि भए सच्याएर भए पनि पुस्तक तत्काल वितरण गर्नुपर्ने ।
९.(मालपोतको भिड)
मालपोत कार्यालयमा सेवाग्राहीको भिड बढ्दै गएपछि कोरोना संक्रमणको जोखिम पनि बढ्यो/स्वास्थ्य सुरक्षाका मापदण्डहरु सेवाग्रही र कार्यालय स्वयमले पालना नगर्दा चुनौती/सेवाग्राहीहरुलाई संक्रमण भन्दा कामको चिन्ता ।
१०.(कस्ता कस्ता जुक्ति)
काठमाडौंको कलंकीमा बोइलर कुखुराका चल्लालाई मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने ४ जना प्रहरी नियन्त्रणमा /तयारी गरेको र रङ्ग लगाउन बाँकी २८ हजार ६ सय चल्ला बरामद ।
११.(समयमै बनोस्)
निर्माणाधीन पोखरा रंगशाला निर्माणको भौतिक निर्माणको कार्यप्रगति ८६ प्रतिशत सम्पन्न / करीव १ अर्व २८ करोड ५० लाख लागतमा माछापुच्छ्रे हिमालको फेदमै निर्माण भइरहेको रंगशाला नेपालकै ठूलो रंगशाला हुने ।
१२.(पुरस्कारै नदिने)
यस वर्षको पद्म श्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द /पुरस्कार घोषणापछि केही विवाद र असहज परिस्थिति सिर्जना भएको र पुरस्कृत दुवै सर्जकले पुरस्कार अस्वीकार गर्ने घोषणा गरेकाले पुरस्कार रद्द गर्ने प्रतिष्ठानको निर्णय ।
१३.(पर्वतको बाटो खुल्यो)
अन्तत् पदयात्रा र पर्वतारोहण पनि खुला / पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने /नेपाल आउने सबै पर्यटकको बढीमा ७२घण्टा अगाडिसम्मको पीसीआर परीक्षणको रिर्पोट र कम्तिमा सात दिन क्वारेन्टिनमा बस्नुपर्ने ।
१४.(हुन्छ त यस्तो ?)
कोरोनाको छिटोछरितो र सर्वसुलभ तरीकाबाट परीक्षण गरिने डब्लूएचओको भनाई /६ महिनाभित्र एन्टिजेनमा आधारित १२ करोड ‘रÞ्यापिड डायग्नोस्टिक टेस्ट’ गरिने / ५सय ८८ रुपैयाँको परीक्षणबाट ३० मिनेटमा नतिजा आउने ।
र,
१५.(कोरोना भित्रको विश्व)
विश्वव्यापी महामारीका कारण हालसम्म विश्वभर १० लाख ६ हजार बढीको मृत्यु /३ करोड ३५ लाख बढी संक्रमित हुँदा २ करोड ४८ लाख बढी निको भए ।