विराटनगरमै आईपीएलको सट्टेबाजी,तीन जना पक्राउ

Share this
658shares

१४ असोज, विराटनगर ।
यूएईमा जारी आईपीएलमा कसले खेल जित्ने वा हार्ने भनी अनलाइन मार्फत सट्टेबाजी खेल खेलाउने विराटनगरका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।अनलाइन मार्फत सट्टेबाजी खेल खेलाइरहेको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका विराटनगर–१५ बस्ने वर्ष ३८ का मुन्ना भन्ने सत्यजित साहलाई आफ्नै घरबाट मोबाईल फोन मार्फत सट्टावाजी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

Advertisement

उनीमाथि अनुसन्धानपछि थप दुई जना पक्राउ परेका हुन । विराटनगर– १७ रानी बस्ने बर्ष ४२ का जगदिश साह र विराटनगर–१५ रानीका बर्ष ३८ का बैजनाथ साहलाई पनि प्रहरीले मंगलबार राती नै पक्राउ गरेको हो ।

पक्राउ परेका सत्यजित साहको साथबाट निलो रंङको सामसुङ कम्पनीको मोबाईल एक थान, नेपाली दरका विभिन्न रुपैयाँ ६० हजार र डेल कम्पनीको ल्यापटप एक थान बरामद् गरिएको मोरङ प्रहरीले जनाएको छ ।

Advertisement

त्यस्तै जगदिश साहको साथबाट सामसुङ कम्पनीको मोबाईल एक थान र आर ज्ञछ मोटरसाइकल एक थान बरामद् गरिएको छ भने वैजनाथ साहको साथ बाट सामसुङ कम्पनीको मोवाइल एक थाना बरामद् गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top