१५ असाेज, काठमाडाैँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी एकपटक विभिन्न मिडिया सम्पादकहरुसँग गुनासो पोखेका छन् । भर्खरै गठन भएको मिडिया एलायन्सका पदाधिकारीहरुसँग बुधबार साँझ भएको भेटमा सञ्चार माध्यमका सम्पादकहरुसँग गुनासो रहेको बताएका हुन् । उनले सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति रहेको बताए । सञ्चार माध्यमले सरकारलाई दिनहुँ गालि गर्दा सहनुपर्ने तर सञ्चार माध्यमलाई आफुले एक्पटक सुझाव दिँदा सहन्न भन्ने प्रवृति सम्पादकहरुमा देखिएको पनि प्रधानमन्त्री ओलीले बताए।
सरकारलाई दिनरात गालि गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चार माध्यमले पनि सहने सक्तिको विकास गर्नुपर्ने उनले बताए । उनले भने ‘यो सञ्चार जगत यस्तो हो अरु जसलाई जे भनेपनि छुट पाइन्छ । सञ्चार माध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन । एकदम सेन्सेटिभ नी । एसो छोयो भने देखि बुरुक्क उफ्रिआल्ने । करेन्ट लागेजस्तो । अलि अगाडि म सँग सञ्चारकर्मीहरु सम्पादकहरु भेटनुभयो । तर उहाँहरुले मलाई हामीलाई यसो किन भन्नुभयो भनेर भन्नुभयो । मैले भने तपाईहरुलाई दिनरात गालिगर्दा हुन्छ । मैले अलिकति भने भने तपाईहरु दिनरात गालि गर्ने मैले किन यसो ग¥यौ भन्दा सहनुपर्छ भनेर सिकाउने अनि मैले अलिकति भनदा सहन नसक्ने के हो यो । आफुले भनेको भन्यै गर्ने यसो नगर्नुस न भन्दा सहन सिक्नुपर्छ भन्ने । मैले अलिकति सुझाव दि एभने सहन्न भनिहाल्ने ।’
प्रधानमन्त्री ओलीले नेपालमा अगाडि बढ्न चाहनेहरुको खुट्टा तान्ने प्रवृति रहेको पनि बताए । बाकसमा रहने भ्यागुताको उदाहरण दिदै कोही पनि अगाडि बढ्न नसक्ने गरी खुट्टा तान्ने प्रवृति रहेको उनको भनाई छ ।
प्रधानमन्त्री ओलीले मिडियाकर्मीहरुसँग विज्ञापन बोर्डको गठन छिट्टै हुने प्रतिवद्धता समेत जनाए। बोर्ड गठन नहुँदा सम्म अन्य कुनै सरकारी संयन्त्रबाट बिज्ञापन बजारको नियमन गरिने गरिने समेत बताए ।