×

NEPAL TIMES UPDATES

Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026

रुपन्देही र बाँकेमा कोरोनाबाट थप चारको मृत्यु

१५ आश्विन २०७७

१५ असाेज,रुपन्देही ।

रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका पुरुषको आज मात्र कोरोना पुष्टि भएको छ । अर्का कोरोना सङ्क्रमित पुरुषको भने कोरोना विशेष अस्पतालमा गए राति मृत्यु भएको हो ।

Advertisement
Advertisement

लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत रुपन्देही, कोटहीमाई गाउँपालिकाका ४२ वर्षीय पुरुषको बुधबार मृत्यु भएको थियो । मृतकको पिसिआर परिक्षण रिपोर्ट आज पोजेटिभ आएपछि उनको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनलाई कोरोना सङ्क्रमणका लक्षणमध्ये श्वासप्रश्वासको समस्या देखिएको थियो । प्रादेशिक अस्पतालमा उपचारका लागि आएका उनको उपचारका क्रममा बुधबार साँझ ६ बजे मृत्यु भएको थियो ।

यस्तै बुटवल उपमहानगरपालिका वडा ८ का ८० वर्षीय पुरुषको पनि गए राति मृत्यु भएको अस्पतालले जनाएको छ । यही असोज १२ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि बुधबार बिहान कोरोना विशेष अस्पतालमा भर्ना गरिएकामा उपचारका क्रममा राति साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा गौतमले जनाएका छन् ।

त्यस्तै  बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान थप दुईको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममै ती कोरोना सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का ५२ वर्षीय पुरुषको बिहान १ बजे र सुर्खेतकी ७५ वर्षीया महिलाको बिहान १० बजे उपचारका क्रममा मृत्यु भएको हो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । बाहिरबाट उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या भने आठ पुगेको छ ।

बाँकेका विभिन्न आइसोलेशन अस्पतालमा उपचाररत लक्षणसहितका ११२ मध्ये २१ सङ्क्रमितको अवस्था गम्भीर रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । उनका अनुसार भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेशन वार्डमा रहेका बिरामीमध्ये २१ जनाको अवस्था गम्भीर छ ।

भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुई कोभिड विशेष वार्ड सञ्चालनमा छन् । ती वार्डमा कोरोनाको लक्षण देखिएका बिरामीलाई मात्र राखिएको छ । आठ सघन उपचार कक्षसहित ७२ शय्या क्षमता रहेको भेरीको कोभिड आइसोलेशन वार्डमा अहिले ६० बिरामी उपचाररत छन् । तीमध्ये १८ जनाको अवस्था गम्भीर छ । सैँतीज जनाको अवस्था मध्यम तथा पाँच जनाको अवस्था सामान्य रहेको श्रेष्ठले बताए ।

Advertisement

सय शय्या क्षमताको शिक्षण अस्पताल कोहलपुरमा ५२ बिरामी उपचाररत छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर तथा पाँच जनाको मध्य र ४४ जनाको सामान्य छ ।रासस

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top