×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कुटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026

दिनभरका प्रमुख खबर

१५ आश्विन २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(कहाली लाग्दो कोरोना)
आज नेपालमा पहिलो पटक एक चिकित्सकसहित थप १२ को मृत्युसँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय १० पुग्यो /आजै थपिए १ हजार ९ सय ११ संक्रमित /संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुग्दा ५७ हजार ३ सय ८९ निको भए ।

Advertisement
Advertisement

२.(आफ्नै हात जगन्नाथ)
मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकद्वारा मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्ति /पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिका र रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस ।

३.(लागेको जो बानी छ)
पछिल्ला राजनीतिक नियुक्तिलाई लिएर नेकपामा फेरि विवाद /पार्टी निर्णयको २० दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा मुख्यसचिव र राजदूतहरुबारे निर्णय गरेपछि केही दिन शान्त भएको विवाद फेरि बल्झियो ।

४.(केसीको माग चाँही ?)
चिकित्सा शिक्षा सुधारको माग राखेर अनसनमा बसेका डा. गोविन्द केसीलाई अनसन तोड्न सरकारको आग्रह /नागरिकलाई कोरोनाबाट कसरी जोगाउने भनेर लाग्नुपर्ने बेलामा अनसन, सत्याग्रह सुहाउँदो विषय नभएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीको भनाइ ।

५.(भाग्यमानी उपेन्द्र)
उपप्रधान ईश्वर पोखरेलका सम्धि प्रा. डा. उपेन्द्र कोइरालाद्वारा राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको सदस्यमा सपथ ग्रहण/अध्यक्ष हुनका लागि पहिले सञ्चालक समितिको सदस्य हुनुपर्ने र सदस्यमध्येबाट एक जनालाई सञ्चालक समितिको अध्यक्ष बनाइने ।

६.(विकासमा साझेदारी)
विमानस्थल निर्माण तथा विस्तारका लागि केन्द्र र प्रदेश सरकारबीच पहिलोपटक समझदारी /सुर्खेत विमानस्थलको विकास र स्तरोन्नतिका लागि कर्णाली प्रदेश र केन्द्र सरकारबीच समझदारीपत्रमा हस्ताक्षर /प्रादेशिक विमानस्थल बनाउन ३ अर्बको नुमान ।

७.(अधिकारमा अंकुश)
संविधानप्रदत्त अधिकार खोस्ने गरी केन्द्र सरकारले प्रहरीसम्बन्धी अध्यादेश ल्याएपछि बागमती प्रदेशको विरोध / काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी केन्द्र सरकारले नै राख्ने गरी अध्यादेश संविधानविपरीत हुने प्रदेश सरकारको ठहर ।

८.(शिक्षा सुधार अभियान)
विद्यालय शिक्षा सुधारकालागि प्रविधिमैत्री शिक्षण सिकाई आवस्यक भएकोमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको जोड / प्रदेशबाट किताव र झोलामुक्त गरिने १० बर्षे योजना ३ बर्ष भित्रमा पूरा हुने देखिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेको भनाई ।

९.(अनुशन्धानको अनुमति)
सामाजिक सुरक्षा भत्तामा अनियमितताबारे खुलासा भएपछि छानबिन अघि बढाउन साकेला गाउँपालिकालाई गृह मन्त्रालयको निर्देशन / अनियमितताका विषयमा वडाअध्यक्ष,वडा सचिवहरुको नाम मुछियो ।

१०.(कसरी भर्ने क्षति ?)
कोभिड १९ का कारण नेपालको हवाई क्षेत्रमा ठूलो क्षति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाई /आन्तरिक उडानतर्फ यो वर्ष ३८ प्रतिशत यात्रु संख्यामा गिरावट आउने प्रक्षेपण ।

११.(विपत्तको चोट)
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख महिनायता बाढी, पहिरोलगायतका प्राकृतिक विपदमा परी ४ सय२ जनाको मृत्यु / चार सय ३९ जना घाइते / १सय १ जना अझै बेपत्ता ।

१२.(धितोपत्रमा शुद्धीकरण)
नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल कार्यान्वयनमा /ब्रोकर तथा मर्चेन्ट बैंकरहरुको कारोबार, कार्यालय, ग्राहकलाई समेत समेटेर जोखिम गणना गरिने ।

१३.(लाग्यो गजुर)
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा सुनकोलेपन सहितको गजुर प्रतिस्थापन /मन्दिर पुनः प्रताप मल्लकालीन ग्रन्थकुट (शिखर) शैलीमा पूननिर्माण /मन्दिर भित्र रहने मुर्तिहरुको प्राण प्रतिष्ठानपछि औपचारिक रुपमा उद्घाटन गरिने ।

१४.(खुल्यो सुपथ पसल)
खाद्य व्यवस्था र साल्ट ट्रेडिङका देशभरका आ–आफ्नै कार्यालय, डिपो, डिलर र अनलाइन मार्फत चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा/ छुटसहितको सुपथ पसल आगामी मंसिर ६ गतेसम्म सञ्चालन हुने ।

र,

Advertisement
Advertisement

१५.(विश्वलाई नियाल्दा)
कोरोना महामारीबाट हालसम्म विश्वभर १० लाख १९ हजार बढीको मृत्यु /३ करोड ४२ लाख बढी संक्रमित हुँदा २ करोड ५४ लाख बढी डिस्चार्ज ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top