क्याप्टेन विजय लामाले जिते काेराेना

१५ असोज ७७, शुक्रबार

१६ असाेज, काठमाडौं ।

Advertisement

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा कोरोना संक्रमणबाट मुक्त भएका छन्। २९ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरस्थित स्टार अस्पतालमा भर्ना भएका लामा १८ दिनपछि विहीबार कोरोना जितेर डिस्चार्ज भएका हुन्।

उनले कयौँ पीडाबीच आफूले कोरोनासँग हरेक दिन संघर्ष गरेर जितेको बताए । उनले सामाजिक सञ्चाल फेसबुकमा लेखेका छन्, ‘मैले हरेक दिन कोरोनासँग लडिरहेँ। अनेक दुस्ख र कष्टबीच कोरोनासँगको संघर्षमा हार मानिनँ । यसबीचमा मैले भोगेका कष्टप्रद क्षणहरू अनगिन्ती छन्, कोरोनाले गलाउन खोजिरहँदा पनि मैले निरन्तर संघर्ष गरेर जितें।’

Advertisement

कोरोनाविरुद्धको लडाईंमा आफूलाई साथ दिने नर्स तथा डाक्टरहरुको उच्च प्रशंसा गर्दै आफ्नो स्वास्थ्य लाभका लागि कामना गर्ने सबैलाई आभार व्यक्त गरेका छन् ।उनले सकारात्मक सोचका साथ सक्रिय भइरहन सबैलाई आग्रह पनि गरेका छन् । उनले खेकेका छन्, ‘नेपाल र विश्‍वका अन्य भागहरूबाट मेरा लागि गरिएका प्रार्थना र प्रेमले मलाई कोरोनासँग लडिरहन असीम बल प्रदान गर्यो, उनले भनेका छन्, ती सबै प्रार्थना र शुभेच्छाले मलाई मिलेको हौसला र ऊर्जाका कारण अस्पतालबाट डिस्चार्ज हुँदैछु।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top