×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

डा. केसी भन्छन्- ‘साधारण माग पूरा गर्न नसक्ने यो सरकार किन चाहियो ?’

१६ आश्विन २०७७

काठमाडौँ : आमरण अनशन तोड्न सरकारले गरेको आग्रहलाई डा. गोविन्द केसीले अस्वीकार गरेका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिकित्सा शिक्षा सुधारका सबै माग पूरा हुने चरणमा रहेको जनाउँदै सत्याग्रह तोड्न डा. केसीलाई आग्रह गरेका थिए  ।

‘वार्ता टोली गठन नगरीकनै जनताको माग पूरा गर्नुपर्थ्यो तर वार्ता टोली नै गठन गर्नु त परै जाओस्, सरकारले सत्याग्रह फिर्ता लिनुस् भन्नु दुर्भाग्यपूर्ण छ,’ डा.केसीले कान्तिपुरसँग भने ।

Advertisement
Advertisement

डा. केसीले ३ करोड नेपालीका लागि उठाएको मुद्दाको हकहितमा नभई बिचौलिया, माफिया, दलाल, अपराधीको स्वार्थ पूरा गर्न र आफ्नो दम्भ देखाउन सरकार व्यस्त रहेको प्रतिक्रिया दिए । शारीरिक रूपमा कमजोर भइसकेका उनले आक्रोश पोखे, ‘वार्ता टोली गठन नगर्ने तर सत्याग्रह फिर्ताको आग्रह गर्ने ? संविधानले लोकतान्त्रिक गणतन्त्र भनेको छ, यो ओलीतन्त्र त होइन नि !’

सरकारले माग पूरा गरे एक मिनेट पनि नकुरी सत्याग्रह फिर्ता लिने उनको भनाइ छ । ‘म जनताको हकहितका लागि लडेको हो, अति साधारण माग छन् । ती पूरा हुनुपर्छ,’ उनले भने, ‘मन्त्रिपरिषद्को अनुरोध भन्ने कि के भन्ने, त्यो मलाई स्वीकार्य छैन ।’ डा. केसीले सरकारले जनमतप्रति बफादारी नदेखाएको आरोपसमेत लगाए । ‘जनताले भोट दिएर उनीहरू सत्तामा पुगेका हुन् । जनताले आफ्नो पेट काटेर तिरेका करबाटै उनीहरू तलबभत्ता खान्छन् । जनताप्रति बफादारी देखाउनुपर्नेमा बिचौलिया, माफिया, दलाल, अपराधीको संरक्षक बन्न खोजे,’ उनले भने, ‘जनप्रतिनिधिहरूले आफैं गर्नुपर्ने काममा हामीले माग गरिरहेका छौं ।’

पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले डा. केसीले उठाएका माग पूरा भएर कार्यान्वयनमा गइसकेको उल्लेख गर्दै कोभिड महामारीका बेला पूरा भइसकेका विषयलाई माग बनाएर दबाब नदिन आग्रह गरेका थिए । चिकित्सा शिक्षासम्बन्धी ऐन आईवरी उच्चस्तरीय आयोग निर्माण गरिसकेको पनि उनले जानकारी दिए ।

Advertisement

चिकित्सा शिक्षाका लागि गत आर्थिक वर्षमा ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयनमा आइसकेको उनको भनाइ दियो । मन्त्री ज्ञवालीले सातवटै प्रदेशमा सरकारी तवरबाट मेडिकल कलेज खोल्न राखेको मागअनुसार सबै प्रदेशमा मेडिकल कलेज सञ्चालनमा आउन लागेको पनि बताए । ‘अन्य विषयमा पनि सरकारले साधन स्रोतले भ्याएसम्म प्रयत्न गरिरहेको छ,’ उनले भने, ‘पीसीआर परीक्षण परीक्षणको दायरालाई बढाएर हालसम्म १० लाखभन्दा बढीको परीक्षण भइसकेको छ ।’, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top