गोविन्द केसीसँग वार्ता गर्न पूर्वराष्ट्रपति यादवको आग्रह

१६ असोज, काठमाडौँ ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले त्रि.वि. शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीलाई भेटगरी स्वास्थ्य अवस्था बुझेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बुझ्न पूर्वराष्ट्रपति यादव शुक्रबार त्रि.वि. शिक्षण अस्पताल पुगेका हुन् ।

डा. केसीलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वराष्ट्रपति यादवले चिकित्सा शिक्षा सुधारको लागि जायज माग राखी सत्याग्रह गरेका डा. केसीले जनताको माग उठाएकाले वार्तामार्फत समस्या समाधान गर्न सरकारले छिट्टै पहल गर्ने विश्वास व्यक्त गरे । डा. केसीले राख्दै आउनुभएका मागहरु पुराहुने चरणमा रहेको सरकारले बताइसकेको अवस्थामा तत्काल वार्ताको वातावरण निर्माण गरी समस्या समाधान गर्न आग्रह समेत गरेका हुन् ।

Advertisement

आफ्नो ज्यानको प्रवाह नगरी सत्याग्रह मार्फत जनताको मागलाई उठाउँदै आएकाले डा. केसी राष्ट्रको सम्पत्तिको रुपमा रहको टिप्पणी समेत पूर्वराष्ट्रपति डा. यादवले गरे । राष्ट्रकै अमूल्य सम्पत्तिको रुपमा रहेका डा. केसीको ज्यान बचाउन पनि छिटो भन्दा छिटो वार्तामार्फत समस्या समाधान गर्न सरकारलाई आग्रह गरे ।

Advertisement

डा. केसीको यो १९ औं सत्याग्रह हो । विभिन्न माग राखि १९ दिन अघिदेखि जुम्लाबाट सत्याग्रह सुरु गरेका डा. केसी अहिले त्रि.वि. शिक्षण अस्पतालमा रहेका छन् । चिकित्सा शिक्षा सुधार, कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा विभिन्न माग राखी डा. केसी अनशनमा बसेका हुन् । तर सरकारले १९ दिन वित्दा समेत समस्या समाधानका लागि अहिले सम्म कुनै पहल गरेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top