१६ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि शनिबार बस्ने तय भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटमा शनिबार बैठक बोलाउने सहमति भएको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने तय भएको छ।
प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा राजदूत सिफारिस गरेको भन्दै सचिवालयका सदस्यहरूले आपत्ति जनाएका छन्।
बिहीबार सरकारले अमेरिकाको लागि डा. युवराज खतिवडा,लोकदर्शन रेग्मीलाई बेलायत र निर्मल विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत सिफारिस गरेको थियो।