×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अस्ट्रेलिया र न्यूजील्यान्डबीच यात्रा अबरोध हट्यो

१६ आश्विन २०७७

१६ असाेज, क्यानबेरा।

कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै रोकिएको अस्ट्रेलिया र न्यूजील्यान्डबीच यात्रा आंशिक रुपमा खुला भएको छ ।

Advertisement
Advertisement

अस्ट्रेलियाका यातायात मन्त्री माइकल म्याककोर्माकले न्यूजील्यान्डका यात्रुहरुले अस्ट्रेलियाका सिड्नी र डार्बिनमा बिना क्वारेन्टिन हवाई यात्रा गर्न सक्ने जानकारी दिए । तर यस्ता यात्रुहरु न्यूजील्यान्डमा कोभिड–१९ को हटस्पटका रुपमा परिचित क्षेत्रभन्दा बाहिर करिब दुई साता बसेको हुनुपर्नेछ ।

तर न्यूजील्यान्डले भने अस्ट्रेलियाबाट आउने सबै यात्रुलाई दुई साता होटलको क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छ । उक्त नियममा फेरबदल गर्न न्यूजील्यान्डले अस्वीकार गर्दै आएको छ ।

मन्त्री म्याककोर्माकले आफूहरु जतिसक्दो चाँडो विश्वका लागि खुला गर्न प्रयासरत रहेको जानकारी दिँदै न्यूजील्यान्ड पहिलो चरणमा खुला गरिएको बताए । उनले न्यूजील्यान्डबाट कोरोना संक्रमण फैलिने जोखिम निकै कम देखिएको पनि बताए ।

मन्त्री म्याककोर्माले दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेडले न्यूजील्यान्डबाट आउने यात्रुलाई क्वारेन्टिनमा बस्न नपर्ने घोषणा गरेको पनि जानकारी दिए। तर अस्ट्रेलियाबाट न्यूजील्यान्ड जान चाहने अस्ट्रेलियाली नागरिकका सम्बन्धमा न्यूजील्यान्डका प्रधानमन्त्री जसिन्डा आर्डेनले निर्णय गर्न बाँकी रहेको उनले बताए।

Advertisement

अस्ट्रेलियाका विभिन्न राज्यहरुले कोरोनाभाइरसको संक्रमण थप फैलिन सक्ने भन्दै आम मानिसको यात्रामाथि प्रतिबन्धहरु घोषणा गरेका छन् । खासगरी भिक्टोरिया राज्यले कडा नियम अघि सारेको छ जहाँ कोरोनाभाइरसबाट देशभर ८८८ जनाको मृत्यु भएकामा भिक्टोरियामा मात्र ८०२ जनाको ज्यान गएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top