×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026

अवरुद्ध सडकहरु दशैँ पहिलेनै खुलाउने तयारी

१६ आश्विन २०७७

१६ असाेज, काठमाडौँ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षाका कारण अवरुद्ध सडक बडादशैँ पहिले खुलाउने तयारी गरेको छ । खुल्न बाँकी दुई सडक केही समयभित्रै खुल्ने जनाइएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको भर्चुअल बैठकमा वर्षाका कारण अवरुद्ध सडक अधिकांश खुलिसकेको बताए । उनका अनुसार यस वर्ष वर्षाका कारण झण्डै २५० स्थानमा सडक अवरुद्ध भए पनि सडक विभागले उपलब्ध जनशक्ति र उपकरणबाट सकेसम्म चाँडो सडक खुलाएको छ । उनले भने, “वर्षा शुरु हुनुभन्दा पहिले नै हामीले डिभिजनहरुलाई तयारी अवस्थामा राखेका थियौँ ।”

दशैँतिहारलगायत चाडपर्वका समयमा घर फर्किन चाहने यात्रुलाई स्वास्थ्य सावधानी अपनाएर जाने व्यवस्था मिलाइएको मन्त्री नेम्वाङले बताए । उनका अनुसार कोभिडको जोखिम हुँदाहुँदै अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बाध्यता रहेकाले मध्यम र लामो दूरीको सवारी साधन खोल्ने निर्णय गरिएको हो । उनले भने, “लामो समयसम्म सवारी साधन अवरुद्ध हुँदा एकातिर व्यवसायी मारमा थिए भने मजदूरले पनि रोजगारी गुमाएका थिए ।”

भौतिक पूर्वाधार सचिव देवेन्द्र कार्कीले सडक विभागले बाढीपहिराबाट अवरुद्ध कतिपय सडक एकातर्र्फी रुपमा भए पनि सञ्चालन गरिएको बताए । दशैँभन्दा पहिले १५ दिनभित्र वर्षाका कारण बिग्रिएका सडकको मर्मत गरिने उनले जानकारी दिए। उनका अनुसार चालु आवभित्रै हुम्ला सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिनेछ । उनले भने, “सेनाको सहयोगमा पनि यस वर्षभित्र सिमकोटसम्म सडक पुग्नेछ ।”

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले दुई राजमार्ग पूर्णरुपले अवरुद्ध भए पनि अरु सडक खुलिसकेको जानकारी दिए । वर्षाका कारण भत्किएका पुलका ठाउँमा बेलिब्रिज हाल्ने काम भइरहेको उनले जानकारी दिए। उनले भने, “वर्षा कम भइसकेकाले अहिले काममा बाधा छैन ।”

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले दशैँमा यात्रुलाई सुरक्षित घर फर्किने व्यवस्था मिलाउन लगिएको बताए । विभागले ट्राफिक प्रहरीसँगको सहकार्यमा मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिका समेत पालना गराइरहेको छ । उनले भने, “हामीले गाडीको यान्त्रिक अवस्थाका बारेमा समेत छड्के जाँच गरिरहेका छौँ ।”

समितिका सभापति कल्याणीकुमारी खड्काले मुख्य राजमार्गको अवस्था नै खराब रहेको बताइन्। सडकमा रहेका खाल्डाका कारण दुर्घटना हुन सक्ने जनाउँदै उनले मन्त्रालय र विभागले यसमा ध्यान दिनुपर्नेमा जोड दिए ।

समितिका सदस्य लीलानाथ श्रेष्ठ, आशाकुमारी विक, यज्ञराज सुनुवार, केदार सिग्देल, अनिलकुमार झा, टेकबहादुर बस्नेत, सञ्जयकुमार गौतम र रङ्गमती शाहीले लामो समयसम्म थन्किएका सवारी साधनको अवस्था खराब भएकाले त्यसले दुर्घटना निम्ताउन सक्ने बताए । उनीहरुले दशैँ पहिले नै वर्षाका कारण अवरुद्ध सडक खोल्न र खाल्डाखुल्ल्डी भएका ठाउँमा मर्मत गर्नुपर्ने औँल्याएका थिए ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top