कोरोना पोजिटिभ देखिएका ट्रम्प अस्पताल भर्ना

१६ असोज ७७, शनिबार

१७ आश्विन, एजेन्सी ।
कोरोनाभाइरस सङ्क्रमित अमेरिकी राष्ट्रपति उपचारका लागि अस्पताल भर्ना भएका छन्।

उनलाई ज्वरो आएको बताइएको छ। ह्वाइट हाउसले राष्ट्रपति थकित भएको तर राम्रो अवस्थामा रहेको र सावधानी अपनाउन अस्पताल पुर्‍याइएको जनाएको छ। ट्रम्प र उनकी पत्नी मेलानिया दुवैलाई कोभिड–१९ पोजिटिभ भएपछि ट्रम्पलाई विभिन्न औषधिको मिश्रणको सुइ दिइएको थियो।

डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडनसँग राष्ट्रपतीय निर्वाचनका लागि प्रतिस्पर्धा हुन लागेको एकमहिनाअघि ट्रम्पका लागि यो सम्भावित धक्का हो।
शुक्रवार राष्ट्रपति कस्ता देखिएका थिए ?

मास्क र सुट लगाएका ट्रम्प शुक्रवार अपरान्ह ह्वाइटहासबाट आफ्नो हेलिकोप्टर मरिन वानमा वासिङ्टन डीसीको सहरको बाहिरीभेगमा रहेको वाल्टर रीड न्याशनल मिलिटरी मेडिकल सेन्टरसम्म छोटो उडान गरेर गएका थिए।

हेलिकोप्टर चढ्नुअघि उनले संवाददाताहरूलाई हात हल्लाएका थिए र बुढी औँलाले ठिक छ भन्ने सङ्केत गरेका थिए तर केही बोलेका भने थिएनन्। ट्विटरमा पोष्ट गरिएको भिडिओमा ट्रम्पले भनेका छन्ः मलाई लाग्छ मलाई एकदम ठिक छ। तर हामी सबै ठिक पार्नेछौं।

मेरी पत्नीलाई पनि ठिक छ। त्यसैले धेरै धेरै धन्यवाद। राष्ट्रपतिका सन्तानहरू इभाङ्का र एरिकले ट्रम्पको पोष्ट रिट्विट गरेका छन् र योद्धाका रूपमा उनको प्रशंसा गरेका छन्। छोरी ट्रम्पले थपिन्ः हामी तपाईँलाई माया गर्छौं बुवा।

वाल्टर रिड अस्पतालमा ट्रम्प त्यहाँको सुविधासम्पन्न प्रेसिडेन्सियल सुइट कक्षमा भर्ना भएका थिए, जहाँ सामान्यतया अमेरिकी राष्ट्रपतिको वर्षेनी उपचार हुने गर्छ।

ह्वाइट हाउसले के भनिरहेको छ ?

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी काइली मक्नानीले विज्ञप्तिमा भनेकी छन्ः राष्ट्रपति ट्रम्प राम्रो मनोभावमा हुनुहुन्छ।

सामान्य लक्षणहरू देखिएका छन् र दिनभर काम गरिरहनुभएको छ। सावधानीका लागि र राष्ट्रपतिका फिजिसियन र मेडिकल विज्ञको सुझाव अनुसार उहाँले अबका केही दिन वाल्टर रीड अस्पतालस्थित राष्ट्रपति कार्यालयबाटै काम गर्नुहुनेछ।

आफू र आफ्नी पत्नीप्रति आएका समर्थनको ओइरोको राष्ट्रपति ट्रम्पले सम्मान गर्नु भएको छ। बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार ट्रम्पलाई सामान्य खालको ज्वरोको लक्षण छ। ह्वाइट हाउसका सञ्चार निर्देशक अलिसा फारा ले राष्ट्रपतिले आफ्नो शक्ति उपराष्ट्रपति माइक पेन्सलाई नसुम्पिएको बताएकी छन्।

राष्ट्रपति आफैँ जिम्मेवारीमा हुनुहुन्छ, उनले भनिन्। अमेरिकी संविधान अन्तर्गत ट्रम्प आफ्नो जिम्मेवारी निर्वाह गर्न बिमारीका कारण असमर्थ भए उनले आफ्नो जिम्मेवारी अस्थायी समयका लागि उपराष्ट्रपतिलाई दिनसक्छन्।

त्यसको मतलब शुक्रवारको परिक्षणमा कोरोनाभाइरस नेगेटिभ देखिएका पेन्स, ट्रम्प पुनः ठिक भएर काममा नफर्किँदासम्म कार्यबहाक राष्ट्रपति बन्नेछन्। राष्ट्रपतीय चुनावको जम्मा ३२ दिनअघि ट्रम्पलाई कोरोनाभाइरस पोजिटिभ देखिएको छ।

७४ वर्षको उनको उमेर भनेको यो रोगले निम्त्याउनसक्ने जटिलता लागि उनी एकदमै खतरापूर्ण उमेर समूहमा पर्छन्। कम से कम उपचार हुँदासम्म उनी क्वारन्टीनमै बस्नुपर्छ। त्यसको अर्थ कम्तीमा उनको पक्षमा राष्ट्रपतीय प्रतिस्पर्धा एकदमै महत्त्वपूर्ण रुपमा परिवर्तित भएको छ।(बीबीसी)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top