NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह आइतवार असार २२ , २०८२
नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने  आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल  आइतवार असार २२ , २०८२
ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ? आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

आईपीएल : हैदराबादलाई ३४ रनले पराजित गर्दै मुम्बई शीर्षस्थानमा उक्लियो

आइतवार अशोज १८ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
आईपीएल : हैदराबादलाई ३४ रनले पराजित गर्दै मुम्बई शीर्षस्थानमा उक्लियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१८ असोज, एजेन्सी ।
सनराइजर्स हैदराबादलाई पराजित गर्दै साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । आइतबार बेलुका शारजाहमा सम्पन्न खेलमा हैदराबादलाई ३४ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

जितका लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रन मात्र बनाउन सक्यो । हैदराबादलाई अन्तिम १२ बलमा ४७ रन आवश्यक परेको थियो ।

१९ औं ओभरमा जस्प्रित बुमराहले २ विकेट लिदै १० रन मात्र खर्चेपछि हैदराबादको जित टाढिएको थियो । अन्तिम ६ बलमा ३७ रन चाहिएको थियो । तर पोलार्डले २ रन मात्र दिए । पहिलो बलमा राशिद खानलाई दुई रन दिएका थिए । पोलार्डले अन्य पाँच बल लगातार डट राख्दै जित पक्का गरे ।

Advertisement

हैदराबादका कप्तान डेभिड वार्नरले सर्वाधिक ६० रनको योगदान दिएपनि जितको लागि पर्याप्त रहेन । जेम्श प्याटिनसनको १६ औं ओभरको चौथो बलमा इशान किशनले उत्कृष्ट क्याच लिएपछि हैदराबादको जित टाढिएको थियो । वार्नरले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

पाँचौ ओभरको पहिलो बलमा ट्रेन्ट बोल्टले हार्दिक पान्ड्याबाट ओपनर जोनी बेयरस्टो २५ रनमा क्याच आउट गराए । बेयरस्टोले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे । दशौं ओभरको पाँचौ बलमा जेम्श प्याटिनसनले काइरन पोलार्डबाट मनिष पान्डेलाई ३० रनमा क्याच आउट गराए । पान्डेले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

१३ औं ओभरको दोस्रो बलमा केन विलियम्सन विकेटकिपर क्विन्टन डी ककबाट ३ रनमा क्याच आउट हुन पुगे । क्रुनाल पान्ड्याको १५ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका प्रियम गर्गलाई राहुल चहलरले उत्कृष्ट क्याच लिदै ८ रनमा पेभिलिएन फर्काएका थिए । जस्प्रित बुमराहको १९ औं ओभरको दोस्रो बलमा अब्दुल सामद २० रनमा रोहित शर्माबाट क्याच आउट भएपछि हैदराबादको जित टाढिएको थियो । सामदले ९ बलमा १ चौका र २ छक्का प्रहार गरे ।

जेम्श प्याटिनसनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । क्रुनाल पान्ड्याले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जसप्रित बुमराहले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो । काइरन पोलार्ड १३ बलमा ३ छक्का सहित २५ र क्रुनाल पान्ड्या ४ बलमा २ चौका र २ छक्का सहित २० रनमा अविजित रहे ।

मुम्बईले कप्तान रोहित शर्माले पहिलो ओभरको पाँचौ बलमा ब्यक्तिगत ६ रनमा गुमाएको थियो । सन्दीप शर्माको बलमा रोहित विकेटकिपर जोनी बेयरस्टोबाट कट बिहाइन्ड क्याच आउट हुन पुगेका थिए । कप्तान डेभिड वार्नरले रिभ्यु लिदै रोहितलाई पेभिलिएन फर्काए । सिद्धार्थ कौलले छैटौं ओभरको पाँचौ बलमा सूर्यकुमार यादवलाई २७ रनमा टि नटराजनबाट क्याच आउट गराउँदै दबाबमा राख्न खोजेका थिए । सूर्यकुमारले १८ बलमा ६ चौका प्रहार गरे ।

तेस्रो विकेटका लागि इशान किशन र क्विन्टन डी ककले ७८ रनको साझेदारी गर्दै इनिङ बढाएका थिए । १४ औं ओभरको पहिलो बलमा राशिद खानले आफैं क्याच लिदै डी ककलाई ६७ रनमा आउट गरे । डी ककले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । सन्दीप शर्माको १५ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका किशन मनिष पान्डेबाट ३१ रनमा क्याच आउट हुन पुगे । किशनले २३ बलमा २ छक्का र १ चौका प्रहार गरे । कौलको २० औं ओभरको दोस्रो योर्कर बलमा हार्दिक पान्ड्या २८ रनमा बोल्ड आउट गरे । पान्ड्याले १९ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

राशिद खानले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । लगातार योर्कर फाल्दै मुम्बईलाई दबाबमा राखेका टि नटराजनले विकेट लिन नसकेपनि ४ ओभरमा २९ रन खर्चेका थिए । सिद्धार्थ कौलले ४ ओभरमा ६४ रन खर्चेर २ विकेट लिए ।

जितसँगै मुम्बई ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ४ खेलमा १ मा हार र ३ मा जित सहित ६ अंक भएपनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ४ खेलमा ३ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ ।

मुम्बईले छैटौं खेलमा मंगलबार राजस्थान रोयल्ससँग खेल्ने छ भने हैदराबादले छैटौं खेलमा किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ ।

लोकप्रीय

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२

विचार

थप समाचार

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै
अन्तर्राष्ट्रिय

Breaking news

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 
आर्थिक

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै

आइतवार असार २२ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.