×

NEPAL TIMES UPDATES

Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026

आईपीएल : हैदराबादलाई ३४ रनले पराजित गर्दै मुम्बई शीर्षस्थानमा उक्लियो

१८ आश्विन २०७७

१८ असोज, एजेन्सी ।
सनराइजर्स हैदराबादलाई पराजित गर्दै साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । आइतबार बेलुका शारजाहमा सम्पन्न खेलमा हैदराबादलाई ३४ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

जितका लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रन मात्र बनाउन सक्यो । हैदराबादलाई अन्तिम १२ बलमा ४७ रन आवश्यक परेको थियो ।

Advertisement
Advertisement

१९ औं ओभरमा जस्प्रित बुमराहले २ विकेट लिदै १० रन मात्र खर्चेपछि हैदराबादको जित टाढिएको थियो । अन्तिम ६ बलमा ३७ रन चाहिएको थियो । तर पोलार्डले २ रन मात्र दिए । पहिलो बलमा राशिद खानलाई दुई रन दिएका थिए । पोलार्डले अन्य पाँच बल लगातार डट राख्दै जित पक्का गरे ।

हैदराबादका कप्तान डेभिड वार्नरले सर्वाधिक ६० रनको योगदान दिएपनि जितको लागि पर्याप्त रहेन । जेम्श प्याटिनसनको १६ औं ओभरको चौथो बलमा इशान किशनले उत्कृष्ट क्याच लिएपछि हैदराबादको जित टाढिएको थियो । वार्नरले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

पाँचौ ओभरको पहिलो बलमा ट्रेन्ट बोल्टले हार्दिक पान्ड्याबाट ओपनर जोनी बेयरस्टो २५ रनमा क्याच आउट गराए । बेयरस्टोले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे । दशौं ओभरको पाँचौ बलमा जेम्श प्याटिनसनले काइरन पोलार्डबाट मनिष पान्डेलाई ३० रनमा क्याच आउट गराए । पान्डेले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

१३ औं ओभरको दोस्रो बलमा केन विलियम्सन विकेटकिपर क्विन्टन डी ककबाट ३ रनमा क्याच आउट हुन पुगे । क्रुनाल पान्ड्याको १५ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका प्रियम गर्गलाई राहुल चहलरले उत्कृष्ट क्याच लिदै ८ रनमा पेभिलिएन फर्काएका थिए । जस्प्रित बुमराहको १९ औं ओभरको दोस्रो बलमा अब्दुल सामद २० रनमा रोहित शर्माबाट क्याच आउट भएपछि हैदराबादको जित टाढिएको थियो । सामदले ९ बलमा १ चौका र २ छक्का प्रहार गरे ।

जेम्श प्याटिनसनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । क्रुनाल पान्ड्याले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जसप्रित बुमराहले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो । काइरन पोलार्ड १३ बलमा ३ छक्का सहित २५ र क्रुनाल पान्ड्या ४ बलमा २ चौका र २ छक्का सहित २० रनमा अविजित रहे ।

मुम्बईले कप्तान रोहित शर्माले पहिलो ओभरको पाँचौ बलमा ब्यक्तिगत ६ रनमा गुमाएको थियो । सन्दीप शर्माको बलमा रोहित विकेटकिपर जोनी बेयरस्टोबाट कट बिहाइन्ड क्याच आउट हुन पुगेका थिए । कप्तान डेभिड वार्नरले रिभ्यु लिदै रोहितलाई पेभिलिएन फर्काए । सिद्धार्थ कौलले छैटौं ओभरको पाँचौ बलमा सूर्यकुमार यादवलाई २७ रनमा टि नटराजनबाट क्याच आउट गराउँदै दबाबमा राख्न खोजेका थिए । सूर्यकुमारले १८ बलमा ६ चौका प्रहार गरे ।

तेस्रो विकेटका लागि इशान किशन र क्विन्टन डी ककले ७८ रनको साझेदारी गर्दै इनिङ बढाएका थिए । १४ औं ओभरको पहिलो बलमा राशिद खानले आफैं क्याच लिदै डी ककलाई ६७ रनमा आउट गरे । डी ककले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । सन्दीप शर्माको १५ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका किशन मनिष पान्डेबाट ३१ रनमा क्याच आउट हुन पुगे । किशनले २३ बलमा २ छक्का र १ चौका प्रहार गरे । कौलको २० औं ओभरको दोस्रो योर्कर बलमा हार्दिक पान्ड्या २८ रनमा बोल्ड आउट गरे । पान्ड्याले १९ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

राशिद खानले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । लगातार योर्कर फाल्दै मुम्बईलाई दबाबमा राखेका टि नटराजनले विकेट लिन नसकेपनि ४ ओभरमा २९ रन खर्चेका थिए । सिद्धार्थ कौलले ४ ओभरमा ६४ रन खर्चेर २ विकेट लिए ।

जितसँगै मुम्बई ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्स ४ खेलमा १ मा हार र ३ मा जित सहित ६ अंक भएपनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ४ खेलमा ३ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ ।

Advertisement

मुम्बईले छैटौं खेलमा मंगलबार राजस्थान रोयल्ससँग खेल्ने छ भने हैदराबादले छैटौं खेलमा किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top