×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

बलात्कार दबाउन नेता नै ‘पञ्च’: नक्कली ऋणी र धनी बनाई ५ लाखको तमसुक

१९ आश्विन २०७७

सिरहा : ५ लाख रुपैयाँको कपाली तमसुक बनाएर बलात्कार घटना दबाउन खोज्ने स्थानीय ‘पञ्च’ र आरोपित गरी नौ जना पक्राउ परेका छन्। उनीहरूमध्ये केही कांग्रेस र जनता समाजवादीका स्थानीय नेता छन्।

विष्णुपुर गाउँपालिका–१ का पञ्चहरू सिंहेश्वर साह, अरविन्दकुमार साह, शत्रुघ्न साह, राजकुमार साह, रामउद्गार यादव, जगवीर यादव, राजकुमार यादव र रौदी भनिने श्यामसुन्दर यादवलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो। श्यामसुन्दर स्थानीय तह निर्वाचनमा राजपाबाट वडाध्यक्षमा चुनाव लडेका थिए। जगवीर र राजकुमार यादव कांग्रेसमा आबद्ध छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर अनुसन्धान भइरहेको डीएसपी शालिग्राम पौडेलले बताए।

Advertisement
Advertisement

स्थानीय २० वर्षीय मुकेशकुमार साहले छिमेकी १६ वर्षीया किशोरीलाई यही असोज १२ गते बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ। उक्त घटना थाहा पाएपछि सुरुमा स्थानीय नेताहरूले गाउँमै मिलापत्र गर्नुपर्ने दबाब बढाएका थिए।

आरोपित मुकेशका बुवा सिंहेश्वर र शत्रुघ्नलाई ऋणी बनाएर ५ लाख रुपैयाँको कपाली तमसुक गराइएको छ। जसमा गाउँकै धनी रामगुलाम यादव, लक्षुमण यादव खडा गरिएको छ। बलात्कार घटना मिलाउन पञ्चहरूले नक्कली ऋणी र धनी खडा गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

उनीहरूले बनाएको कागज (कपाली) पञ्चायतमा सहभागी जगवीरको जिम्मा राखिएको थियो। प्रहरीले जगवीरको घरमा खानतलासी गर्दा उक्त घटना गाउँमै मिलाउन गरेको कागज फेला परेको हो। कपाली तमसुक बनाएर शनिबार (१७ गते असोज)मा गाउँमा ‘पञ्चायत’ बसेको थियो। स्थानीयका अनुसार छलफल भइरहेकै बेला कुटाकुट सुरु भयो। अरूले आरोपित र उनका आफन्तलाई कुटपिट गरे। त्यसपछि मात्रै घटना प्रहरीसम्म पुगेको हो।

इलाका प्रहरी विष्णुपुरको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीमा दर्ता हुने मुद्दा गाउँमा नमिलाउने, प्रहरीमा जाऊँ भनेर सम्झाउँदा पञ्चहरूले उल्टै प्रहरीलाई थर्काएको स्थानीयले सुनाए। त्यसपछि थप प्रहरी आएर उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

Advertisement

प्रहरीका अनुसार बलात्कृत बालिकाका भाइले परिवारको इज्जत गएको भन्दै रिसाएर पीडितलाई कुटपिट गरेका थिए।,याे समाचार अन्नपूर्ण पाेस्टमा छापिएकाे छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top