×

NEPAL TIMES UPDATES

Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026

डा. केसीसँग वार्ता गर्न ७२ घण्टे अल्टिमेटम

१९ आश्विन २०७७

काठमाडौं : नेपाल चिकित्सक संघले आइतबार डा. गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ। डा. केसी अनशन बसेको २१ दिन पुगे पनि सरकारले बेवास्ता गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ।

संघका महासचिव डा. बद्री रिजालले संस्थाका तर्फबाट हालसम्म गरिएका हरेक पहललाई सरकारले बेवास्ता गरेको भन्दै प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएका छन्। ‘७२ घण्टाभित्र पनि सरकारले वार्ता टोली गठन गरी डा. केसीको जीवन रक्षाका निम्ति कुनै पहल अगाडि नबढाए जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ’, विज्ञप्तिमा लेखिएको छ। वार्ताका निम्ति सहजीकरणको भूमिका निर्वाह गर्न संघ तयार रहेको व्यहोरा जनाइएको छ।

संघले आयोजना गरेका विभिन्न बैठकले केन्द्रीय कार्यकारिणी समितिलाई दिएको म्यान्डेटअनुरूप डा. केसीको जीवनरक्षाका लागि वार्ता टोली गठन गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ। संघले विभिन्न विशेषज्ञ समाज, पूर्वअध्यक्ष, पूर्वमहासचिव, काठमाडौं उपत्यकामा रहेका अस्पतालका निर्देशकहरूसहित संघको परिषद् बैठक राखी बृहत् छलफल गरेको थियो।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ। उपचारमा संलग्न मेडिकल टिमका संयोजक डा. सुवासप्रसाद आचार्यका अनुसार उहाँको मुटुको चाल द्रुत देखिएको छ। छातीको केन्द्रमा दुख्न थालेको छ। मांसपेशी दुख्नुका साथै रिँगटा लाग्न थालेको छ।

डा. केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकले प्रदर्शन गरेका छन्। उनको स्वास्थ्य स्थिति बिग्रँदासमेत सरकारले कुनै वास्ता नगरेको भन्दै दबाबस्वरूप चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले आइतबारदेखि दैनिक दुई घण्टा इमर्जेन्सी र कोभिड उपचारबाहेकका अन्य सेवा ठप्प गर्ने चेतावनी दिएका छन्। डा. केसीले भदौ २९ देखि अनशन सुरु गरेका हुन्। यो उनको १९औं अनशन हो।, याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top