प्रधानमन्त्रीलाई निन्द्राबाट ब्युँझिन कमल थापाको आग्रह

प्रधानमन्त्रीलाई निन्द्राबाट ब्युँझिन कमल थापाको आग्रह

१९ आश्विन, काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कोरोना महामारी नियन्त्रण गर्नदेखि लिएर अतिक्रमित भूमि फिर्ता लिन सरकार पूर्णरूपमा असफल भएको बताएका छन्।

उनले भ्रष्टाचार नियन्त्रण गर्न, धर्मपरिवर्तन नियन्त्रण गर्न र रोजगारी सिर्जना गर्न पनि सरकार पूर्ण रुपमा असफल भएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीलाई निन्द्राबाट ब्युँझिन आग्रह गरेका छन्।

उनले ट्विटरमा प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै लेखेका छन्, ‘म तपाईंको शुभचिन्तक हुँ,त्यसैले भन्छु, प्लिज वेकअप । एक्ट फास्ट विफोर इट्स टु लेट ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.