१९ असोज, धनकुटा ।
धनकुटा पाख्रिबास–५ दियाले बस्ने १७ बर्षीय अनिल थापाको करेन्ट लागेर मृत्यु भएको छ ।
आज बिहान १० बजे बारीमा टाँकीको रुखमा घाँस काट्ने क्रममा अचानक प्रशारण विद्युतको लाइन छुन पुग्दा थापालाई करेन्ट लागेर घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।