सङ्घीय गणतन्त्र संस्थागत गर्न अझै सङ्घर्षको आवश्यकता छः उपेन्द्र यादव

सङ्घीय गणतन्त्र संस्थागत गर्न अझै सङ्घर्षको आवश्यकता छः उपेन्द्र यादव

२० आश्विन, लहान ।
जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले मुलुकमा सङ्घीय गणतन्त्र संस्थागत गर्न अझै सङ्घर्षको आवश्यकता रहेको बताएका छन्।

सिरहाको लहानमा विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उनले लामो सङ्घर्ष र शहीदहरुको बलिदानीबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेकाले यसलाई संस्थागत गर्न अझै सङ्घर्ष गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।

अध्यक्ष यादवले सङघीय गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्दै सङ्घीय व्यवस्थालाई संस्थागत गरी जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु र फस्टाउँदै गएको भ्रष्टाचार अन्त्य गर्नु अहिलेको प्रमुख चुनौती रहेको बताए।

मुलुकका पुराना राजनीतिक शक्तिहरु असफल भइसकेकाले मधेशमा भएका राजनीतिक शक्तिहरुलाई एकीकृत गरी पहाडका उत्पीडित शक्तिलाई समेत समेटेर सिंहदरबारमा बर्चस्व कायम गर्न नयाँ वैकल्पिक शक्ति निर्माणको अभियानमा आफू जुटेको उनको भनाइ थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.