प्रस्तावको विपक्षमा उभिएका रुपन्देहीका दुई हजार बढी नेकपा सदस्यहरुले दिए राजीनामा

२० असोज, बुटवल । रुपन्देहीका करिव २३ सय व्यवसायीहरूले नेपाल कम्युनिष्ट पार्टी नेकपाको सदस्यताबाट राजीनामा दिएका छन् ।

Advertisement

राजीनामा दिनेहरूमा पार्टीको केन्द्रीय विभागका सदस्यहरू समेत छन् ।

यस क्षेत्रमा रहेका ३५ वटा व्यवसायिक संघसंस्थामा दुई हजार तीन सय हाराहारी नेकपा पार्टी सदस्य छन् ।

Advertisement

व्यवसायीहरूले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकोले उक्त पार्टीमा रहन नसक्ने जनाएका हुन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले पार्टीलाई सरकारमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यवसायी मतदाताको अवमूल्यन भएको बताए ।

नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले निर्वाचनका बेला व्यवसायीको काँध चढेर चुनाव जितेका पार्टीका नेताहरूसँगै बस्नुको कुनै औचित्य नभएको बताए।

Advertisement

उनले संसदमा पेस भएको राजधानीसम्बन्धी विधेयक फिर्ता लिन आग्रह गरे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top