२० असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षामा सरकारले तत्काल ध्यान दिनुपर्ने बताएका छन् ।
त्रिवि शिक्षण अस्पतालमा २३ दिनदेखि अनशनरत डा. केसीको जीवन रक्षा पहिलो प्राथमिकता भएको बताउँदै नेता नेपालले केसीको जीवन रक्षा पहिलो प्राथमिकता भएको र त्यस कारण सरकारले तत्कालै अनशन अन्त्य गर्ने वातावरण बनाएर उनको ज्यान बचाउनुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री नेपालले नेकपाले समाजवादी नीति लिएका कारण स्वास्थ्य क्षेत्रमा सामान्य जनताको पहुँच स्थापना गर्ने पक्षमा पार्टी उभिनुपर्ने बताए ।
साथै सरकारले विगतमा डा. केसीसँग गरेको सम्झौता कार्यान्वयनमा पनि ध्यान दिनुपर्ने उनले बताए ।