×

NEPAL TIMES UPDATES

Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026

राज्यमन्त्री दुगडको उद्योगमाथि छानबिन सुरु

२१ आश्विन २०७७

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको उद्योगमाथि छानबिन सुरु गरिएको छ । मोरङस्थित राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले कानुनी मापदण्ड पूरा नगरी सेन्चुरी स्प्रिंकलर्स टेबल साल्टको नामबाट नुन प्याकेजिङ बजारमा बिक्री वितरण गर्दै आएको खबर बाहिर आएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राज्यमन्त्री दुगडको उद्योगमाथि कारबाहीका लागि छानबिन अघि बढाएको हो ।

राज्यमन्त्री दुगडको उद्योगले कानुनविपरीत नुन प्याकेजिङ गरी प्रतिएक सय ग्राम ३५ रुपैयाँमा बिक्री वितरण गरेको पाइएको छ । नुन बिक्री वितरण गर्ने एकाधिकार नेपाल सरकारले हालसम्म साल्ट ट्रेडिङ कर्पाेरेसनलाई मात्र दिएको छ । मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले कानुनबमोजिम सञ्चालन गरेको छ वा छैन भनेर आन्तरिक छानबिन अघि बढाएको जानकारी दिए ।

Advertisement
Advertisement

सचिव अर्यालले राज्यमन्त्री दुगडको उद्योगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र लिए नलिएको विषयमा छानबिन गरिने बताए । उनले विभागबाट अनुज्ञापत्र लिएको छैन भने कानुनबमोजिम कारबाहीका लागि अघि बढाइने बताए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कानुनविपरीत जो कोहीले पनि काम गरेको छ भने कानुनबमोजिम कारबाही हुने बताए ।

मन्त्री भट्टले भने, ‘सर्वसाधारण होस् वा मन्त्री होस्, जोसुकै होस्, कानुनअनुसार कारबाही हुन्छ ।’ मन्त्री भट्टले आफू तीन दिनदेखि काठमाडौं बाहिर भएकाले राज्यमन्त्री दुगडको उद्योग गैरकानुनी रूपमा सञ्चालन गरिएको भन्ने विषयमा केही थाहा नभएको बताए ।

उनले राजधानीसँग भने, ‘म काठमाडौं आएपछि यो विषयमा जानकारी लिन्छु । अहिले यो विषयमा मलाई केही थाहा नभएकाले कारबाही हुन्छ या हुँदैन, केही भन्न सक्दिनँ । तर, उद्योग कानुनबमोजिम सञ्चालन भएको छैन भने मन्त्री भए पनि कारबाही हुन्छ ।’

राज्यमन्त्री दुगडले राजधानीसँग नुनको प्याकेजिङ गरी बिक्री वितरण गर्न साल्ट टे«डिङ कर्पाेरेसनसँग मौखिक सम्झौता भएको बताएका थिए । तर, साल्ट टे«डिङ कर्पाेरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झाले राज्यमन्त्री दुगडको उद्योगसँग नुनको प्याकेजिङ गरी बिक्री वितरणका लागि कुनै सम्झौता नभएको बताए । उनले कुनै पनि व्यापारीलाई साल्ट टे«डिङ कर्पाेरेसनले नुन प्याकेजिङ गरी आफ्नो ब्रान्डमा बिक्री वितरण गर्न दिने कानुनी अधिकार नै नभएको बताए ।

Advertisement

उनले भने, ‘साल्ट टे«डिङ कर्पाेरेसनले व्यापारीलाई आफ्नो ब्रान्डमा बिक्री वितरण गर्न अनुमति दिन सरकारको निर्णय र निर्देशन हुनुपर्छ । हामीलाई सरकारबाट कुनै निर्देशन आएको छैन । साल्ट टे«डिङलाई सरकारले वर्षाैंदेखि आम नागरिकलाई देशैभरि आयोडिनयुक्त नुन आपूर्ति गर्ने जिम्मेवारी दिएको छ ।’, याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top