विराटनगरलाई स्थायी राजधानी बनाउन माग

विराटनगरलाई स्थायी राजधानी बनाउन माग

विराटनगर, २६ वैशाख ः विराटनगर महानगरपालिकालाई सरकारले प्रदेश नं. १ को अस्थायी मुकाम कायम गरेकोमा यसलाई स्थायी बनाउन माग गरिएको छ ।

जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो माग गरिएको हो ।

अस्थायी मुकाम तोकिएदेखि नै प्रदेश सभा सञ्चालनका लागि अहिले जिल्ला समन्वय समितिको प्रशासनिक भवन भुइँतला र पश्चिम तर्फको सभा हल तत्काल उपयोग गर्न दिइसकेको छ, संयोजक पोखरेलले भने, “यसमा प्रदेश सभाको नियमित कार्य सञ्चालन भइरहेको छ ।”

जिल्ला समन्वय समिति मोरङले समिति मातहतका प्रशासनिक भवनलाई प्रदेश सभा सञ्चालन तथा प्रयोग गर्न दिइसकेको उल्लेख गर्दै उनले ऐतिहासिक नगरी विराटनगरलाई स्थायी राजधानी कायम गर्न जुनसुकै सहयोग गर्न तयार रहेको बताए ।

जिल्ला समन्वय समितिले करीब १० दिनभित्र प्रशासनिक भवन पूर्वतर्फ रहेको भवनमा सर्ने जानकारी दिए ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.