अनशनरत डा. केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

२१ असाेज, काठमाडौं ।

Advertisement

सरकारले अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ। डा. केसीसँग वार्ता गर्न बुधबार सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन गरेको हो।

वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

Advertisement

चिकित्सा क्षेत्र सुधारको माग राख्दै डा. केसी २४ दिनदेखि अनशनमा छन्। डा. केसीको स्वास्थ्य जटिल हुँदा पनि सरकारले वार्ता गर्न कुनै चासो नदेखाएको भन्दै चर्को आलोचना हुँदै आएको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले तत्काल डा. केसीका माग सम्बोधन गरे अनशन तनोडाउन सरकारको ध्यानाकर्षण गराएको छ।

यस्तै, डा‍. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ। संघले आफूले सरकारलाई डा. केसीका माग सम्बोधन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएपछि बिहीबारदेखि अन्दोलनमा उत्रिने घोषणा गरेको हो। चिकित्सक सं‌घको आन्दोलन घोषणा भएको केहीबेरमै सरकारले वार्ता टोली गठन गरेको जानकारी दिएको हो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top